शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरेलाई विराटनगर पुर्याइएलगत्तै एसएसपीसहित २८ जनालाई थुनामा राख्न आदेश

मङ्गलबार, ०८ जेठ २०७५, १९ : ०८
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं– जिल्ला अदालत मोरङले ३८ क्वीन्टल सुन तस्करीको अभियोगमा पक्राउ परेका एसएसपी दिवेश लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले आज सो आदेश दिएको हो ।

न्यायाधीश शर्माको इजलासले संगठित अपराध निवारण ऐनको दफा ४१ र मुलुक ऐन दफा ११८को २ अनुसार २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । थुनामा पर्नेहरुमा एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण संजेल लगायत रहेका छन् । 

दुई प्रहरी जवान भने तारेखमा छुटेका छन् । तारेखमा छुट्नेमा विष्णुबहादुर खड्का र अमरबहादुर थापा रहेका छन् । खड्का  एसएसपी श्याम खत्रीका ड्राइभर समेत हुन् भने थापा खत्रीका अंगरक्षक हुन् । उनीहरु साधारण तारेखमा छुटेका हुन् । 

यसअघि गोल्ड डन बनेर चिनिने चुडामणि उप्रेती गोरेलाई काठमााडैं महानगरपालिका ८ स्थित गौरीघाट पक्राउ गरी सार्वजनिक गरिएको थियो । गोरेलाई बिहान ५ बजेर ३४ मिनेट जाँदा पक्राउ गरिएको गृहमन्त्रालयका सहसचिव इश्वरी पोख्रेल नेतृत्वको छानविन समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

 पत्रकार सम्मेलन लगत्तै सार्वजनिक गरिएका गोरेलाई विराटनगर लगिएपछि जिल्ला अदालत मोरङले एसएसपी लोहनीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप