शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले बालुवाटार बोलाए राजपा नेता

मङ्गलबार, ०८ जेठ २०७५, २० : ४२
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाका नेताहरुसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्री ओलीले राजपा नेताहरुसँग साँझ साढे ७ बजे भेटवार्ता गर्न लागेका हुन् । 

प्रधानमन्त्री ओली र राजपा नेताहरुबीच संविधान संशोधन, सरकारमा सहभागी र मधेस आन्दोलनको समयमा लगाइएको मुद्दाहरुबारे छलफल हुने बताइएको छ । 

भेटवार्ता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ । 

नीति तथा कार्यक्रममा काँग्रेस, राजपा र फोरमबाट संशोधन दर्ता

काठमाडौं– तीन पार्टीले सरकारको नीति तथा कार्यक्रममाथि संशोधन दर्ता गराएका छन् । राष्ट्रिय जनता पार्टी लगायत काँग्रेस संघीयसमाजवादी फोरमले सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । 

राष्ट्रिय जनता पार्टीको मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले सरकारको नीति तथा कार्यक्रममा संविधान संसोधनको मुलभुत मुद्धा सम्बोधन नभएको भन्दै संशोधन दर्ता गराउने निर्णय गरेको थियो ।

त्यसैगरी विभिन्न समयका आन्दोलनमा शहीद भएकाको आश्रित परिवारलाई सरकारले भरणपोषणको व्यवस्था गरिनेछ भन्ने विषय नीति तथा कार्यक्रममा उल्लेख गरिनुपर्ने निर्णय बैठकले गरेको अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले बताए । 

बैठकमा पार्टीको विधान, घोषणापत्र र नियमावलीको मस्यौदा पनि पेश भएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुनुपर्ने भन्दै बैठक १४ गते सम्मका लागि स्थगित गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघिय समाजवादी फोरम नेपालले पनि संसोधन दर्ता गराएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप