बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बिदाईपछि भावुक भएका इनिष्टा रङ्गशालामा खाली खुट्टा रातीसम्म बसे

मङ्गलबार, ०८ जेठ २०७५, १४ : ४५
मङ्गलबार, ०८ जेठ २०७५

दुई दशकसम्म तपाईले घर मान्नु भएको ठाँउबाट बिदाई हुन कत्ति कठिन हुन्छ ३४ वर्षे आन्द्रे इनिस्टालाई सोध्नुस् । 

बार्सिलोनाको लागि ६७४ खेल खेलेका इनिस्टाले आइतबार नु क्याम्पमा आफ्नो अन्तिम खेल खेले । खेलपछि उनले धेरै समय खेल मैदानमा बिताए ।

समकालिन फुटबलका यी महान मिडफिल्डर खेल सकिएपछि खाली खुट्टा फुटबल मैदानमा लगभग पूरा रात (१ बजेसम्म) बिताए ।

इनिस्टा बार्सिलोनाको ला मासिया एकाडेमी छिर्दा सानै थिए । उनका अनुसार आमाबुवालाई छोड्नुपर्दा त्यो बेला उनले आसुँको ‘खोला बगाएका’ थिए ।

त्यस यताका २२ वर्षमा उनले ३२ ट्रफी र बार्सिलोनाका सबैभन्दा ठूला प्रतिद्वन्दीहरुबाट समेत सम्मान पाए ।

“‘ब्याज’ प्रतिरक्षा गर्नु आनन्द साथ साथै सम्मान रह्यो ,” इनिस्टाले भने । बिदाईमा उनका टिमका साथीहरुले इनिस्टालाई हावामा उचाल्दा रङ्गशालामा उपस्थीत ८४,१६८ फ्यानहरु एक भएर उठेका थिए ।

“म तपाईहरुलाई धेरै मिस गर्नेछु । म यहाँ बालकको रुपमा आएको थिएँ र ३४ वर्षको उमेरमा वयस्क भएर छोड्दैछु । मलाई यहाँ बस्न आग्रह गर्ने सबैलाई धन्यवाद ! तपाईहरु सधै मेरो मनमा हुनुहुनेछ ।”

बिदाइको अबसरमा बार्सिलोनाका म्यानेजर अरनेस्टो भल्भेर्देले इनिष्टालाई “नदोहोरिने ऐतिहासिक खेलाडी” भएको र उनको नाम ‘भविष्यमा लामो समय’सम्म रहने बताए ।

“सदाझैं आज पनि हामी खेलेर जित्न आएका थियौं तर आज आन्द्रेको दिन थियो । दर्शकहरुले आजको दिन विशेष बनाए,” भल्भेर्देले भने । आइबार यो सिजनको ला लिगामा बार्सिलोनाको अन्तिम खेलमा बार्सिलोनाले रियल सोसिदानलाई एक गोलले हरायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप