बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशसभा सदस्य उम्मेद्वार नेकपामा प्रवेश

मङ्गलबार, ०८ जेठ २०७५, १३ : ११
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं- प्रदेश नं. २ ‘ख’ बाट प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रहेका नेता मोहम्मद डोमन नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

आज बिहान नेकपाका अध्यक्ष प्रचण्डले नेता डोमनलाई स्वागत गर्दै आर्थिक समृद्धिको अभियानमा सबै नेपाली गोलबन्द हुन जरुरी भएको बताए ।

नवप्रवेशी डोमनले देशको विकास अब नेकपाबाट मात्र सम्भव भएकोले आफू यो पार्टीमा लामवद्ध भएको  बताए ।

लामो समय राष्ट्रिय जनता पार्टीमा रहेका डोमन मधेसका लोकप्रिय नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप