३३ केजी सुन तस्करीका मुख्य नाइके गोरे सार्वजनिक (तस्बिरसहित) (भिडियो)
काठमाडौं –साढे ३३ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई आज सार्वजनिक गरिएको छ ।
गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा गृहमन्त्रालयका सहसचिव एवं ३३ केजी सुन प्रकरण र सनम हत्या प्रकरण छानविन गर्न गठित टोलीका संयोजक सहसचिव ईश्वर पौडेलले लामो अनुसन्धानपछि गोरे पक्राउ गर्न सफल भएको बताए ।
उनले गोरेलाई मंगलबार विहान ५ः ३४ बजे काठमाडौको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिए । गोरेलाई आजै मोरङ अदालतमा बुझाइने अनुसन्धान टोलीले जनाएको छ ।
गत माघमा नेपाल भित्रिएको ३३ केजी सुन प्रकरणमा सनम शाक्यको हत्या भएको थियो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भएको तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो ।
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा यसअघि नै मुद्दा दायर गरिसकेको छ । यद्यपी गोरे फरार हुँदै आएका थिए ।
बैशाख १८ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएकामध्ये २९ जना भने पक्राउ परिसकेका थिए । हाल उनीहरुको मुद्दाबारे अदालतमा बहस जारी छ ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको थियो ।
उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्यबराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको छ ।
आपराधिक समूह स्थापना, सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्यज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । छ जना पूर्व तथा वर्तमान प्रहरी पदाधिकारीमाथि सुनचाँदीको अवैध कारोवार सम्बन्धमा, छ जनामाथि ज्यान मुद्दा, १३ जना विमानका कर्मचारी र तीन जना सुन व्यापारी गरी २९ जनामाथि मुद्दा दर्ता गरिएको हो ।
गत माघ ७ गते दुवईबाट तस्करहरुले ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौँबाट हराएको थियो ।

हराएको सो सुन बेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । घटनापछि गोरे फरार थिए । उनी पक्राउ परेसँगै हराएको भनिएको सुनबारे पनि थप खुल्ने अपेक्षा गरिएको छ ।
प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण