शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आठौं पटक सगरमाथा चढ्दा एक औंला भएका पर्वतारोहीको मृत्यु

मङ्गलबार, ०८ जेठ २०७५, ११ : ४६
मङ्गलबार, ०८ जेठ २०७५

सगरमाथा आरोहणको आठौं कोसिसको क्रममा जापानका चर्चित पर्वतारोहीको मृत्यु भएको छ ।

अधिकारीका अनुसार ३५ वर्षीय नोबुकाजु कुरिकी अत्यधिक चिसोका कारण बिरामी भएका थिए र उनको आफ्नो समूहसँग सम्पर्क टुटेको थियो ।

‘कुरिकीले रेडियो कम्युनिकेशनलाई प्रतिक्रिया दिन छोडे र राती तलबाट माथि हेर्दा उनको हेडल्याम्प पनि देखेनौं,’ उनको समूहले सोमबार फेसबुकमा जानकारी दिए ।

‘क्याम्प टु नजिकैको उनको समूहले उनको खोजी गर्दा उनलाई मृत अवस्थामा पाएको थियो ।’

आइतबार कुरिकीले ७ हजार चारसय मिटर पार गरिसकेको जानकारीमा उल्लेख छ ।

‘मैले यो पर्वत चढ्दाको पीडा र समस्या भोगिसकेको छु । म यसको कदर गर्छु त्यसकारण यो चढ्दैछु,’ कुरिकीले फेसबुकमा लेखेका थिए ।

सन् २०१२ मा उनको चौथो आरोहणमा कुरिकीले आफ्ना ९ औंला गुमाएका थिए ।

त्यसको तीन वर्षपछि सन् २०१५ को सेप्टेम्बरमा आए, खराब मौसमका कारण उनले सगरमाथा आरोहणको आफ्नो उद्देश्य पूरा गर्न सकेनन् । सन् २०१६ र २०१७ मा उनले  पुनः प्रयास गरे तर खराब परिस्थितीका कारण उनी सगरमाथा यात्रामा निस्कन पाएनन् ।

उनको आरोहणको आयोजना गर्ने बोची बोची ट्राभल्सका मान बहादुर गुरुङले उनको शवलाई काठमाडौं ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप