शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जोशी हाइड्रोपावरको आइपीओ खुल्यो

मङ्गलबार, ०८ जेठ २०७५, ११ : ०१
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं–जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपिओ आजबाट बिक्रि खुला भएको छ । यो इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि बिक्रि खुला भएको हो ।  

इलाम नगरपालिका वडा नं. १, ३ र ४ का स्थानीय बासीले यस आइपिओमा आवेदन दिन पाउनेछन् । कम्पनीले १०० रुपैयाँका दरले ३ लाख ७१ हजार ४००  कित्ता आइपिओ बिक्रि खुला गरेको हो । 

यस आइपिओका लागि जेठ २२ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असार ११ गतेसम्म आवेदन खुला गरिने

बिक्रि प्रबन्धकले जनाएको छ । यो सेयरका लागि सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काइ विकास बैंकका शाखाबाट आइपिओका लागि आवेदन दिन सकिनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप