केन्द्रीय संस्करण

‘मुख्यमन्त्रीको विदेश भ्रमण रोकेर सरकारले गल्ती गर्यो’

person access_timeजेठ ८, २०७५ chat_bubble_outline0

काठमाडौँ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको विदेश भ्रमण रोकेर केन्द्र सरकारले गल्ती गरेको टिप्पणी गरेका छन् ।

यो परिघटनाले संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेशबीच शंका र दुरी बढाउने बताउँदै डा. भट्टराईले संघीय सरकारले तुरुन्त यो निर्णय सच्याउन आग्रह पनि गरेका छन् ।

डा. भट्टराईले लेखेका छन्, 

प्रदेश-२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ। कारण जेसुकै भए–दिए पनि यसले भर्खरै संघीय पुनर्संरचनामा गएको देशमा संघ र प्रदेश बीच शंका–दूरी बढाउनेछ र गलत नजीर बसाल्नेछ ! संघीय सरकारले तुरून्त निर्णय सच्याओस् !


आगामी मे २५–२६ मा अमेरिकाको न्युयोर्क सहरमा हुन लागेको एमएएको पहिलो साधारण सभाका लागि राउतलाई निम्ता गरिएको थियो ।

तर, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमणलाई स्वीकृति दिएन । प्रदेशको आर्थिक वर्षको बजेट निर्माण तथा कार्यक्रमलगायतका संगठनात्मक पूर्ण कामहरु गर्नुपर्ने समय परेकाले सो प्रस्तावमा जान अनुपयुक्त देखिएको ठहर मन्त्रिपरिषद्ले गरेको सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका थिए । 

पछिल्लो प्रकरणले केन्द्र र प्रदेशबीचको टकराव सतहमा आएको छ ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्रीको अमेरिका भ्रमण रोक्नुको कारण खोज्ने प्रदेश सरकारको तयारी

मुख्यमन्त्रीको भ्रमण केन्द्रले रोक्ने अपेक्षित थियो : मुख्यमन्त्रीका सल्लाहकार

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X