शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसरी सार्वजनिक भएको थियो हिटलरको मृत्युको खबर, यसरी बित्यो उनको अन्तिम दिन

मङ्गलबार, ०८ जेठ २०७५, ०९ : ४०
मङ्गलबार, ०८ जेठ २०७५

मार्टिन वेनार्ड /बीबीसी

सन् १९४५ मे एक तारिखको साँझ कार्ल लेहमन पश्चिमी लण्डनबाट ६५ किलोमिटर टाढा रिडिंग टाउनको बाहिरी इलाकामा रहेको अफिसमा काम गरिरहेका थिए ।

सोभियत सेना बर्लिन नजिकै पुगिरहेको थियो र जर्मनीसँग चलिरहेको युद्ध अन्तिम अवस्थामा थियो ।

२४ वर्षका कार्ल लेहमन जर्मनीको सरकारी रेडियो सुनिरहेका थिए, त्यति नै बेला श्रोताहरुलाई एक महत्वपूर्ण सूचना सुन्नका लागि तयार रहन भनियो ।

लेहमन याद गर्छन्, ‘त्यतिबेला उनीहरुले एक दुःखद र गम्भीर संगीत बजाउँदै हिटलरको मृत्यु भइसकेको जानकारी दिए ।’

उनले थपे, ‘निकै उदास हुँदै कार्यक्रम प्रस्तोताले हिटलर साम्यवादसँग लड्ने क्रममा मारिएको जानकारी दिए ।’

कार्ल र उनका भाइ जर्जलाई उनका आमा–बुवाले यहुदीमाथि नाजीको बढ्दो उत्पीडनबाट बचाउनका लागि ९ वर्षअघि जर्मनीबाट ब्रिटेन पठाएका थिए । उनका पिता एक जर्मन यहुदी थिए ।

‘मलाई निकै राहतको अनुभव भयो किनभने हिटलरले मेरो जीवन बर्बाद बनाएका थिए ।’

कार्ल लेहमन बीबीसीको मनिटरिङ सेवाका लागि काम गरिरहेका थिए जुन दोस्रो विश्वयुद्ध अघि बनाइएको थियो । यसको मुख्य उद्देश्य जर्मनी र उनका सहयोगीसमेत अन्य देशको रेडियो प्रसारण सुन्नु, त्यसलाई बुझ्नु र त्यहाँबाट प्राप्त जानकारीलाई ब्रिटिश सरकारसम्म पुर्याउनु थियो ।

‘ब्रिटेनमा यो घोषणा सुन्ने हामी पहिलो व्यक्ति थियौं,’ उनले बताए ।

‘उक्त खबरले हाम्रो बिल्डिङमा काम गर्ने सबैजना उत्साहित भए । त्यतिबेला थाहा भयो कि त्यो निकै महत्वपूर्ण सूचना थियो । यसको अर्थ थियो कि जर्मनीविरुद्ध लड्ने भनिएको युद्ध अब समाप्त भइसकेको थियो ।’

तर जर्मनीले त्यसको ६ दिनसम्म आधिकारिक रुपमा आत्मसमर्पणको घोषणा गरेन ।

यद्यपी, हिटलरको मृत्यु भइसकेको कुरामा भने कुनै शंका थिएन । पछि मात्र थाहा भयो कि उनले आत्महत्या गरेका थिए । कार्ल भन्छन्, ‘साम्यवादसँग लड्ने क्रममा मृत्यु भएको बताइएको थियो त्यसकारण हामीले बुझेका थियौं कि उनको मृत्यु युद्ध लड्ने क्रममा भएको थियो । हामीले एउटा ठूलो झुट सुनेका थियौं ।’

कार्ल भन्छन्, ‘लडिरहेको अर्थ उनी ‘चलिरहेको युद्धमा मरे’ ।’

‘उनीहरुले यो स्विकारेका थिएनन् कि हिटलरले आत्महत्या गरेका हुन् किनभने यसको अर्थ सिधा रुपमा युद्धको अन्त्य भन्ने लाग्थ्यो । तर हिटलर मरिसकेका छन् । यो सूचना जर्मनीले आफ्नै रेडियोमा प्रसारण गरिसकेको थियो । र त्यो सूचना आधिकारिक थियो ।’

समाचार वाचकले हिटलरले ग्रान्ड एडमिरल कार्ल डोनित्जलाई आफ्नो उत्तराधिकारीको रुपमा नियुक्त गरेको जानकारी दिएका थिए ।

कसरी बित्यो हिटलरको अन्तिम दिनः

१५–१६ अप्रिलः बर्लिन शहरमा निर्णायक हमला त्यतिबेला सुरु भयो जब सोभियत सेनाले बर्लिन शहरको पूर्वी भागमा जर्मनी सेनामाथि आफ्नो ट्याङ्कले बम बर्साउन सुरु गरेको थियो ।

२१ अप्रिलः सोभियत संघको रेड आर्मीले बर्लिनको बाहिरी क्षेत्रमा प्रवेश गरेर वरिपरिको शहरमा आफ्नो कब्जा जमाए ।

२७ अप्रिलः सोभियत र अमेरिकी सेनाले जर्मन सेनालाई दुई भागमा  बाँड्न सफला हाँसिल गरेर जर्मनीको एल्ब नदीमा भेट्छन् ।

२९ अप्रिलः हिटलर र इवा ब्राउन रीच चान्सेलरी मुख्यालयभित्रको आफ्नो बंकरमा विवाह गर्दछन् ।

३० अप्रिलः हिटलर र उनकी नव विवाहित दुलहीले आत्महत्या गर्छन् र उनीहरुको शरिरलाई आगो लगाइन्छ ।

१ मेः जर्मनी रेडियोले हिटलरको मृत्युको घोषणा गर्यो ।

७ मेः जर्मनीले कुनै शर्त बिना आत्मसमर्पण पत्रमा हस्ताक्षर गर्यो र युरोपमा ६ वर्षदेखि चलिरहेको युद्धलाई समाप्त गरे ।

जर्मन भाषामा प्राप्त भएको हिटलरको मृत्युको सूचनालाई जर्मन मोनिटरिङ टीममा सुपरभाइजर पदमा नियुक्त भएका अन्स्र्ट गोम्ब्रिकले निकै छिटो यसको अनुवाद गरे ।

गोम्ब्रिक पछि एक प्रसिद्ध कला इतिहासकारका रुपमा चर्चित भए ।

उनका एक पूर्व सहयोगी बताउँछन्, ‘उनले कागजको एक टुक्रामा लेखेका थिए, जुन गलत थियो किनभने त्यसले भ्रम पनि पैदा गर्न सक्थ्यो । उनको अक्षर निकै खराब र अस्पष्ट थिए ।’

अन्स्र्ट गोम्ब्रिकले सरकारसम्म उक्त सूचना पुर्याउनका लागि लण्डनस्थित क्याबिनेट अफिसमा फोन गरे ।

बीबीसी न्यूज रुमलाई पनि यसबारे जानकारी दिइयो ।

९७ वर्ष भइसकेका कार्लका अनुसार उक्त खबरले पूरा देशलाई खुसी तुल्याएको थियो ।

व्यक्तिगत रुपमा हिटलरको मृत्युको अर्थ यो थियो कि अब उनीहरु आफ्ना आमा–बुवालाई पुनः भेट्न सक्छन् ।

कार्लका पिता वाल्टर जर्मनीको कोलोग्न शहरमा महिलाको टोपीका थोक व्यापारी थिए ।

नाजीहरुले उनको पितालाई दबाब दिएर उनको पसललाई निकै कम मूल्यमा बेच्न बाध्य बनाएका थिए । त्यसपछि उनी आफ्नी श्रीमती एडिथसँग जर्मनीबाट भागेर अमेरिका पुगे ।

हिटलरको मृत्युका बेला रिडिङ शहर नजिकै केवरश्याम पार्कमा कार्यरत बीबीसी मोनिटरिङ टीममा हज्जारौं काम गरिरहेका थिए ।

यसमा इटालियन मोनिटरिङ टीममा एक वरिष्ठ अधिकारी डोरिस पेनीमा समावेश थिइन् जो पछि गएर कार्ल लेहमनको पहिलो श्रीमती बनिन् ।

जर्मनी मोनिटरिङ सेवामा ४० जना थिए । यसमा थुप्रै यहुदी, समाजसेवी र श्रमिक संघका नेता थिए जो नाजिहरुको उत्पीडनका कारण भाग्न बाध्य भएका थिए ।

कार्ल भन्छन्, ‘उनीहरु हिटलरको मृत्युमा खुसी थिए किनभने हिटलरले उनीहरुलाई पलायन हुन बाध्य बनाएका थिए ।’

र जर्मनी मोनिटरिङ सेवाका लागि काम गरिरहेका मानिसहरुका लागि नाजी तानाशाहको मृत्युलाई खुसीको खबरको रुपमा हेरिरहेका थिए ।

उनी याद गर्छन्, ‘हिटलरलाई अनुवाद गर्न निकै गाह्रो हुन्थ्यो ।’

‘उनी एक खराब लेखक थिए । जब तपाईं उनको भाषणलाई जर्मनी भाषामा पढ्नुहुन्थ्यो तब उनका भाषण प्रभावशाली लाग्दैनथ्यो । तर जब उनी बोल्थे, त्यसको ठिक उल्टो हुन्थ्यो । उनी आफ्नो भाषण दिने कलामाथि विश्वास गर्दथे । यसको अर्थ यो थियो कि अब हामीले उनको अनुवाद गर्नुपर्दैनथ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप