मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

मङ्गलबार, ०८ जेठ २०७५, ०९ : ३३
मङ्गलबार, ०८ जेठ २०७५

दमक - पूर्व—पश्चिम राजमार्गमा पर्ने झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुँगी सडकखण्डमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ । 

राति साढे ११ बजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको को ३३ प १९५१ नम्बरको मोटरसाइकलमा सवार दुवैको ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल बाटोछेउमा रोकी राखेको मे १ त ४२२८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी–८ का ३१ वर्षीय राजु लिम्बू र पछाडि सवार मोरङ, पथरीशनिश्चरेकी २५ वर्षीया विमला लिम्बूको ज्यान गएको हो । 

दुर्घटनामा गम्भीर घाइते दुवैजनाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ । दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप