शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्नुपर्छ : नेता विजुक्छे

मङ्गलबार, ०८ जेठ २०७५, ०९ : २९
मङ्गलबार, ०८ जेठ २०७५

भक्तपुर - नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइलाई रोक्ने व्यवस्था अत्यावश्यक रहेको बताएका छन् । 

सोमबार भक्तपुर नगरपालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै विजुक्छेले जथाभावी हुने बसाइँ सराइले समस्यानै समस्या निम्त्याएको बताए । 

विजुक्छेले भन्नुभयो– “अव्यवस्थित रुपमा एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँसराइलाई रोक्न नसक्दा सहर अव्यवस्थित भएको छ, बसाइँसराइकै कारण फोहर प्रदूषण बढ्नुका साथै अपराधसमेत बढ्दै गएको छ ।” बसाइँसराइको उचित व्यवस्थापन हुन नसक्दा राज्यको करोडाँै बजेट खर्च भएको बताउँदै उहाँले वाग्मती सफाइ अभियान यसको उदाहरण भएको औंल्याए । 

केही देशमा एउटा जिल्लाबाट अन्य जिल्लामा बसाइँसराइ जाने नीति नभएकाले त्यस्तै नीति नेपालमा समेत अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो । 

अध्यक्ष विजुक्छेले प्रहरी र प्रशासनको सहयोगमा स्थानीय तहले कोठा भाडामा बस्नेको तथ्यांक संकलन गर्नुपर्ने बताए । व्यवस्थित ढल निकास नभएसम्म शहर सुन्दर नहुने भन्दै विजुक्छेले त्यसका लागि व्यवस्थित शहरीकरणमा जोड दिनुपर्ने बताए । 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनमा गरिएको प्रतिबद्धताअनुसार एक वर्षभित्रमा विकास निर्माणको कार्य गरेको बताए । नगर प्रमुखले शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास सडकको गुणस्तरमा विकास गरी आगामी पाँचवर्षमा समृद्ध शहर बनाउने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप