अटो ट्याम्पु दुर्घटनामा वृद्धको मृत्यु
उर्लाबारी, मोरङ - मोरङको मिक्लाजुङ गाउँपालिका–८ स्थित मधुमल्ला–तोरीबारी भित्री सडकखण्डमा सोमबार साँझ अटो ट्याम्पु दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
तीव्रगतिमा रहेको को १ ह ८६८१ नंको अटो ट्याम्पु आफँै अनियन्त्रित भई पल्टिँदा इलाम, चुलाचुली गाउँपालिका–६ का ७० वर्षीय वृद्ध हर्कबहादुर बोहराको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा मृतककी श्रीमती ५८ वर्षीया कमला बोहरा घाइते भएकाले उहाँको अरनिको हस्पिटलमै उपचार भइरहेको छ । यस्तै घाइते मिक्लाजुुङ–९ की २२ वर्षीया पुर्णिमा तामाङ र सोही ठाउँकी ८० वर्षीया सुभद्रा कार्कीको साझा हस्पिटल, मधुमल्लामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक किरण प्रसाईले जानकारी दिनुभयो । ट्याम्पु र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा