बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालयको आधिकारीक वेबसाइट ह्याकः लेखियो, ‘ह्याप्पी बर्थडे पूजा’

मङ्गलबार, ०८ जेठ २०७५, ०८ : ०९
मङ्गलबार, ०८ जेठ २०७५

बीबीसी

दिल्लीस्थित केन्द्रीय विश्वविद्यालय जामिया मिल्लिया इस्लामियाको आधिकारीक वेबसाइट ह्याक भएको छ ।

वेबसाइट www.jmi.ac.in मा लगइन गर्दा एक कालो रंगको स्क्रिनमा अंग्रेजीमा ‘ह्याप्पी बर्थडे पूजा’ लेखिएको देख्न सकिन्छ ।

स्क्रिनको तल अंग्रेजीमा नै रातो रंगबाट सानो फन्टमा "Your LOVE" लेखिएको शब्द टिकरको रुपमा चलिरहेको छ ।

यसका साथै मुनीपट्टीको बायाँतर्फ सेतो रंगमा T3AM:  लेखिएको छ ।

सोसल मिडियामा चर्चाः

विश्वविद्यालयको वेबसाइट मंगलबार राती ह्याक भएको छ । यो कसले गरेका हुन्, त्यो स्पष्ट हुन सकेको छैन । जामियाको प्रशासनबाट अहिलेसम्म कुनै आधिकारीक बयान सार्वजनिक भएको छैन ।

सोसल मिडियामा यसबारे विभिन्न टिका टिप्पणी गरिएका छन् ।

पकचिकपक राजा बाबू नामको ट्वीटर ह्यान्डलबाट लेखिएको छ, ‘जामिया मिल्लिया इस्लामियाको वेबसाइट ह्याक भएको छ ।’

पत्रकार अनिरुद्ध घोसालले लेखेका छन्, ‘कसैले जामियाको वेबसाइट ह्याक गरेको छ । र पूजा, या त तिमी कुनै अत्यन्त भाग्यमानी युवती होउ वा अहिले तिमी चाँडै नै कतै भाग्नुपर्छ ।’

साहिल मुरली मेंघनीले ट्वीट गरे, ‘तिम्रो लागि म तारा चन्द्रमा ल्याउनेछु भन्ने कुरा विगत भए अब । भेट्नुहोस् नयाँ जमानाका प्रेमीलाई ।’

मिहिर पान्ड्याले ट्वीट गरे, ‘किनभने दिल्लीमा आधीभन्दा बढी महिलाको नाम पूजा हुन्छ र बाँकी आधाको नाम नेहा ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप