शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

द्वन्द्वकालका 'माओवादी स्वास्थ्यकर्मी'लाई सरकारी मान्यता

मङ्गलबार, ०८ जेठ २०७५, ०७ : ०३
मङ्गलबार, ०८ जेठ २०७५

तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको प्रदेश ५ को सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिने प्रक्रिया अघि बढाएको छ । 

द्वन्द्वकालमा माओवादी लडाकुको उपचारका लागि तयार पारिएका माओवादी स्वास्थ्यकर्मीलाई मान्यता दिन सरकार लागिपरेको हो । 

यसका लागि सामाजिक विकास मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ। यो प्रक्रियाले पूर्णता पाए द्वनद्वका घाइते माओवादी लडाकुको उपचारमा खटिएका स्वास्थ्यकर्मीले सरकारी मान्यता पाउनेछन्। द्वन्द्वकालमा माओवादीले घाइते लडाकुको उपचारका लागि ३, ६ र ९ महिने तालिम दिएर स्वास्थ्यकर्मी उत्पादन गरेको थियो।, यो खबर आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप