शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रकवि घिमिरे भेट्न अस्पताल पुगे प्रधानमन्त्री ओली, गरे यस्तो उद्घोष

सोमबार, ०७ जेठ २०७५, २१ : ०६
सोमबार, ०७ जेठ २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताएका छन् । 

राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उनको उपचार गराउने प्रतिबद्वता व्यक्त गरे । 

अस्पतलबाटै उनले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित सम्बन्धित चिकित्सकलाई टेलिफोन गरी आवश्यक परार्मशसमेत गरे । 

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उनको उपचारमा कुनै कसर बाँकी नराखन प्रधानमन्त्री ओलीले निर्देशन दिएको बताए । 

राष्ट्रकवि घिमिरे एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि अस्पताल भर्ना भइ उपचारत छन् । आन्तरिक रक्तस्राव भएपछि अहिले हाई केयर युनिटमा राखेर उनको उपचार हुँदै आएको छ । 

उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप