शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमप्रति बामपन्थी बुद्विजिवि डा. शाहको सरकारलाई पाँच सुझाव

सोमबार, ०७ जेठ २०७५, २१ : ०२
सोमबार, ०७ जेठ २०७५

काठमाडौं । बहुप्रतिक्षित बाम सरकारको आगामी आर्थिक २०७५/०७६ नीति तथा कार्यक्रम सर्वत्र सबैको चासोको विषय बनेको थियो । बाम शुभचिन्तकदेखि प्रतिपक्ष दलका नेता कार्यकर्ताहरुले यस नीति तथा कार्यक्रमलाई चासोको रुपमा विभिन्न ठाउँबाट हेरे ।

यस्तैमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे वरिष्ठ बामपन्थी बुद्विजिवि डा. जनक शाहले पनि चासोका साथ प्रतिक्रिया दिएका छन् । उनले बाम सरकारले आफैंले ल्याएको नीति तथा कार्यक्रम धरापमा पर्न सक्ने, यसतर्फ सरकार सचेत हुनुपर्ने बताएका छन् । 

डा. शाहले समग्रमा भन्नुपर्दा घाटी हेरेर हाड निल्नु भन्ने नेपाली उखानलाई सरकारले ख्याल गरेको भए यो नीति तथा कार्यक्रम बढी व्यवहारिक हुने बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे डा. शाहले महत्वपूर्ण सुझावहरु पनि दिएका छन् । 

डा. शाहको सुझावहरु :–

१. नेपाली राजनीति आर्थिक विकास, समृद्धि र स्वाधिन राष्ट्रिय औद्योगिक पूँजीवादको विकासतर्फ राष्ट्रलाई अग्रसर हुँदै समुन्नत समाजवाद निर्माणको चरणमा प्रवेश गरेको निश्चित हो । तीव्र आर्थिक समृद्धिसहितको अर्थतन्त्रको विकास गर्ने लक्ष्यका साथ राष्ट्रिय आर्थिक क्रान्तिको अभियान सञ्चालन घोषणा गरिनुपर्दथ्यो । 

२. अभियानात्मक कार्यक्रमको अभाव देखिन्छ । तैपनि ‘समृद्घ नेपाल सुखी नेपाल’ को  उद्देश्य सान्दर्भिक छ । तर त्यसको प्रािप्त कसरी गर्ने ? नीति तथा कार्यक्रममा अलि हतारो गरेको देखिन्छ । 

३. महत्वाकाक्षी नीति तथा कार्यक्रम भन्ने प्रशस्त आधारहरु यसले दिएको छ । गर्ने त हो तर सबै पाँचै बर्षमा गर्न सकिन्छ त ? यो चाहिँ चुनौतीपूर्ण छ । पाँच बर्षको लागि लिइएका लक्ष्यहरुले बाम सरकारको नीति तथा कार्यक्रमलाई आफैं धरापमा पार्न सक्छ यसतर्फ सरकार सचेत हुनुपर्दछ । 

४. आगामी एक बर्ष मै दोहोरो अंकको आर्थिक वृद्घिका लागि त चमत्कार नै हुनुपर्छ । प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने कुरा अर्थतन्त्रको उत्पादनसँग सम्बन्धित कुरा हो  । राम्रो पनि हो । तर संरचनात्मक परिवर्तन बिना यो सम्भव हुँदैन यसतर्फ बढी ध्यान दिनुपर्छ । 

५. नीति तथा कार्यक्रममा केही महत्वकांक्षी आयोजनाको उल्लेख गरिएको छ तर त्यसका औचित्यमा बहस गर्ने स्पेस सरकारले दिएको छ । बरु राष्ट्रिय गौरवका विद्यमान आयोजनाहरुलाई यो पाँच बर्षको समयभित्र सक्ने र स्तरोन्नती गर्ने कुरा जोडका साथ आउनु पर्थ्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप