शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अवतारको रुपमा मेरो जिवनयात्रा विमोचित

सोमबार, ०७ जेठ २०७५, २० : ४४
सोमबार, ०७ जेठ २०७५

काठमाडौँ । बौद्ध धर्मका गुरु स्याङ्पा रिन्पोछेद्वारा लिखित ‘अवतारको रुपमा मेरो जिवनयात्रा’ विमोचन भएको छ । 

सन्ताउन्न वर्षीय रिम्पोन्छेले आफ्नो बाल्यकालमा आइपरेका बाधा, व्यवधान र कठिनाइलाई समेटेर तयार गरिएको पुस्तकको आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले विमोचन गरेका हुन् । 

स्याङ्पा फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मन्त्री तामाङले बुद्ध परम्परामा ज्ञान नै ठूलो शक्ति भएकाले रिन्पोछेले आफ्नो ज्ञान र आफूले भोगेका कुरालाई बाहिर ल्याएर राम्रो काम गरेको बताए ।

“जहाँ शान्ति हुन्छ, त्यो ठाउँ राम्रो हुन्छ, शान्ति भएको देशमा विकास चाँडो हुन्छ,”– उनले भने । 

मन्त्री तामाङले सकारात्मक सोचबाट अगाडि बढेमात्र सफल भइने बताए । 

पोखराको ज्याङछुक जुलिङ गुम्बाका प्रमुख तथा धर्मोदय सभाका राष्ट्रिय अध्यक्षसमेत रहेका रिम्पोछेले डोल्पामा जन्मेर पोखरामा आएर संघर्षरत जीवन बिताएका थिए ।  

उनले पुस्तकमा आफु जन्मेपछि बुवाको निधन, आमाले गरेको संघर्ष, तिब्बतमा दुई वर्षको बसाइँ, भारतको वारणसीमा अध्ययन, आफू धर्मगुरु भएपछि गरेका कामहरु पुस्तकमा उतारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप