शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदबाट बाहिरिने क्रममा ओलीले भने- ‘संविधान संशोधन छुट्टै विषय हो’

सोमबार, ०७ जेठ २०७५, २० : १८
सोमबार, ०७ जेठ २०७५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको बताएका छन् ।  

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारसँग भने, “जनतामुखी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आगामी बजेट आउँछ, ढुक्क रहन म आग्रह गर्दछु ।” 

‘संविधान संशोधनको विषय सरकारको नीति तथा कार्यक्रममा किन आएन प्रधानमन्त्रीज्यू’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले “यो विषय वार्षिक नीति तथा कार्यक्रममा पर्ने विषय होइन, छुट्टै विषय हो”, भने । 

प्रधानमन्त्री ओलीले सरकारले जनताका लागि काम गर्ने, सबैसित मिलेर हातेमालो गर्दै अगाडि बढ्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन दिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप