बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ठगी गर्ने ४० म्यानपावर व्यवसायीविरुद्व मुद्दा दायर

सोमबार, ०७ जेठ २०७५, २० : ०४
सोमबार, ०७ जेठ २०७५

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ठगी गर्ने व्यवसायीलाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार विशेष अदालतमा मलेसिया जाने कामदारमाथि ठगी गर्ने ४० जना व्यवसायीहरुलाई ठगी मुद्दा दायर गरेको हो । 

ठगी मुद्दामा अदालतबाट म्याद थप गरी उनीहरुलाई थुनामा राखिएको परिसरले जनाएको छ । ३१ वटा म्यानपावर कम्पनीका ४० जनालाई ठगी मुद्दामा थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

मलेसिया जाने कामदारलाई भिसा प्रोसेसिङ तथा स्वास्थ्य परीक्षणका नाममा ठगी गर्ने व्यवसायीलाई प्रहरीले कार्वाही प्रक्रिया अघि बढाएको हो । २ मेडिकल सेन्टरका संचालकहरु भने फरार रहेको र उनीहरुको खोजी भईरहेको पनि प्रहरीले जनाएको छ । 

सरकारले मलेसिया जाने कामदारलाई लिइदै आएको अतिरिक्त शुल्क खारेज गर्ने निर्णय गरेलगत्तै त्यसको कार्यान्वयनको कामलाई तीव्रता दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप