शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गायक लवटको  ‘टोखा बजार’ दर्शकमाझ (भिडियो)

सोमबार, ०७ जेठ २०७५, १९ : ५८
सोमबार, ०७ जेठ २०७५

काठमाडौं । गायक वीरकृष्ण लवटको चर्चित गीत ‘टोखा बजार’ को म्यूजिक भिडियो दर्शकमाझ रिलिज भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत गायक लवटको ‘टोखा बजार’को भिडियो रिलिज गरिएको हो ।

रिलिज गरिएको ‘टोखा बजार’ गीतको भिडियोमार्फत काठमाडौंको टोखामा लाग्ने विस्केट जात्राको रमणिय दृश्य, त्यहाँका मठ मन्दिर, कला संस्कृतिलाई देखाउनुका साथै माया प्रेमका कुरालाई प्रस्तुत गरिएको छ ।

त्यस्तै गायक लवटको यो गीतले काठमाडौंको टोखा क्षेत्रको बारेमा वर्णन गरेको छ । ‘टोखा बजार’ गीतको बारेमा कुरा गर्दै गायक लवटले भने, ‘टोखाको एउटा छुट्टै पहिचान रहेको छ । टोखा विभिन्न मठ मन्दिरले सजिएको एउटा सुन्दर नगरी हो । भर्खरै रिलिज भएको ‘टोखा बजार’ गीत पनि यसै सेरोफेरोमा बनेको छ ।’

त्यस्तै गायक लवटले बिषेशगरी टोखा क्षेत्रलाई चिनाउने हिसाबले ‘टोखा बजार’ गीत बजारमा ल्याएको बताएका छन् । त्यसो त टोखाको आफ्नो छुट्टै महत्व, संस्कृती र सौन्दर्य छ । गायक लवटले भनेका छन् ‘बिषेश गरी यो गीत मैले टोखालाई चिनाउने गरी बजारमा ल्याएको हुँ । टोखाले आफ्नो भेग्नै पहिचान र संस्कृती बोकेको छ भन्ने कुरालाई यो गीत मार्फत दर्शकमाझ ल्याएको हुँ ।’

रिलिज गरिएको ‘टोखा बजार’ गीतको शब्द, संगीत र कम्पोजिशन पनि गायक लवटको आफ्नै रहेको छ । गायक लवटको यस गीतको भिडियोमा सुजन र समिताले उत्कृष्ट फिचरिङ गरेका छन् । भिडियोमा उनीहरुलाई सरस्वती धेमा परिवारका कलाकारहरुले साथ दिएका छन् । भिडियोलाई किरणको निर्देशनमा तयार गरिएको हो भने समिर डंगोलको नृत्य निर्देशन रहेको छ । 

गायक लवटको यो गीतले वैशाख १ गते देखि ४ गतेसम्म काठमाडौंका विभिन्न क्षेत्रमा लाग्ने विष्केट जात्राको बारेमा पनि वर्णन गरेको छ । ‘टोखा बजार’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युब सार्वजनिक गरिएको जानकारी गराउँदै गायक लवटले दर्शकहरुलाई सल्लाह सुझाव दिन आग्रह पनि गरेका छन् । 

गायक लवटले ‘टोखा बजार’ गीतको भिडियोले अन्य गीतहरुले जस्तै दर्शकहरुको मन जित्ने आशा राखेका छन् ।

गायक लवटले नेपाली गीत संगीतको बजारमा ‘म त होईन तिम्रो’, माया मेरी साह्रै राम्री, मेरी मायालु लगाएतका गीतहरुको भिडियो ल्याईसकेका छन् । उनी टोखाका बासिन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप