शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमई लाइफ इन्स्योरेन्सबाट म्यादी जीवन वीमा गरी मृत्यु भएकाको परिवारलाई रकम हस्तान्तरण

सोमबार, ०७ जेठ २०७५, १९ : १२
सोमबार, ०७ जेठ २०७५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट वीमा गराएर मृत्यु भएकाको परिवारलाई कम्पनीले रकम हस्तान्तरण गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स गएका जनकपुरका शंकरकुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र मृतक खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगा कुमारी थापालाई दाबी पर्न आएकै दिन १३ लाख दाबी रकम  हस्तान्तरण भएको हो । त्यसैगरी बैदेशिक रोजगार (म्यादी) वीमा गराएकी सिन्धुपाल्चोककी रिता बुढाथोकी शेर्पाको बिदेशमानै मत्यु भएकोले उनका श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन वीमा वापतको १४ लाख हस्तान्तरण भएको छ । दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धकं दिनेश अमात्यले एक समारोह विच हस्तानतरण गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप