मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहणका क्रममा दुई आरोहीको मृत्यु

सोमबार, ०७ जेठ २०७५, १८ : ४०
सोमबार, ०७ जेठ २०७५

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा एक जापानी नोबुकाजु कुरीकीको मृत्यु भएको छ । 

सगरथामाथा आरोहणका क्रममा शिविर ३ पुगेर फर्कने क्रममा आइतबार राति समूहका पथप्रदर्शकसँग सम्पर्कविहीन ३६ वर्षीय कुरीकीलाई खोज्ने क्रममा आज बिहान मृतावस्थामा भेटिएको प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए । 

कुरीकी गत चैत २० गते बोचीबोची ट्रेक एक्सपिडिसन कम्पनी लाजिम्पाटमार्फत सगरमाथा आरोहणका लागि उनी लुक्ला आएका थिए । उनीसहित आरोहणका लागि पाँच जनासँगै सगरमाथा आधार शिविर आएका थिए । 

यसैबीच सगरमाथा आरोहणकै क्रममा मेसोडोनियाका बैसठ्ठी वर्षीय जेओर्जी पेटकोभको आइतबार अपराह्न १ः४५ बजे सगरमाथाको शिविर ३ देखि चार सय मिटरमाथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

चौध जनाको समूहमा गत चैत १३ गते उनी गाइड ट्रेकिङ एजेन्सी विशालनगर काठमाडौँबाट सगरमाथा क्षेत्र आएका थिए । उनको शब आजै हेलिकम्पटरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौं  लगिएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप