बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ठूलो परिमाणमा लागूऔषधसहित १० जना पक्राउ

सोमबार, ०७ जेठ २०७५, १७ : ५०
सोमबार, ०७ जेठ २०७५

पोखरा । पर्यटकीय क्षेत्र खहरेबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर घर्ती मगरले तीन दिनको अवधिमा छ किलो २५० ग्राम खैरो चरेश, डाइजेपाम पाँच सय चार थान, फेनेरगन पाँच सय चार थान, नर्फिन पाँच सय चार थान, नाइट्रोसन ११८ थानसहित १० जनालाई पक्राउ गरेको जानकारी दिए । 

यसैगरी, प्रहरीको सक्रियतामा पोखराको विभिन्न वस्तीबाट घरेलु मदिरा ३५० लिटर, कच्चा पदार्थ चार हजार २७० लिटर, मदिरा बनाउन प्रयोग गरिने पाँच सेट भाँडा र ८८ वटा प्लाष्टिकका समेत ढोल पक्राउ गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप