शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कांग्रेस संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष

सोमबार, ०७ जेठ २०७५, १७ : ३७
सोमबार, ०७ जेठ २०७५

रुपन्देही । नेपाली काँग्रेस जिल्ला सभापतिको प्रदेशस्तरीय पहिलो बैठकले प्रदेश नं ५ को संसदीय दलको नेतृत्व कमजोर भएको निष्कर्ष निकालेको छ । 

प्रेस युनियन रुपन्देहीले बुटवलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनले संसदीय दलका नेताका विषयमा केन्द्रीय नेतृत्वलाई सचेत गराउने निर्णय भएको बताए ।

काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले पार्टी सभापतिको बैठकले संसदीय दलका नेता बलदेव शर्मा पोखरेललाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको बताए । 

प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रदेशसभामा विधेयकका विषयमा काँग्रेसको अवस्था स्पष्ट नहँुदा अन्योल थपिएको बताए । 

प्रदेश नं ५ का १२ जिल्लाका सभापतिको बैठकले पार्टीको संघीय संरचना निर्माण तत्काल गर्न केन्द्रलाई अनुरोध गर्ने, संगठनलाई थप अनुशासित र मर्यादित बनाइने, पार्टीको राष्ट्रिय भेलामा विधान संशोधन र पार्टी संगठनका सन्दर्भमा उठाइने विषयमा सुझाव सङ्कलन गर्न तीन सदस्यीय समिति बनाइने लगायत निर्णय भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप