बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

विवादबीच भेनेजुयलामा निर्वाचन सम्पन्न, मदुरो फेरि बने राष्ट्रपति

सोमबार, ०७ जेठ २०७५, १७ : ४२
सोमबार, ०७ जेठ २०७५

काठमाडौं–आइतबार निकोलस मदुरो भेजेजुयलाको राष्ट्रपतिको रुपमा पुन निर्वाचित भएका छन् । मदुरोले आइतबार राति आफ्नो जितको विजय र्याली  निकालेका थिए । 

“म अहिले बढी परिपक्व राष्ट्रपति र मानिस भएको छु ,” मदुरोले राष्ट्रपति भवन बाहिर भेला भएको भीडलाई सम्बोधन गर्दै भने “तपाईहरुले मलाई विश्वास गर्नुभयो र म यसलाई खेर जान दिदिन । मलाई ६८% भोट दिएको तपाईहरुलाई धन्यवाद ।”

मदुरोले सन् २०१३ मा आफ्ना पूर्ववर्ती र राजनैतिक गुरु ह्युगो चाभेजको मृत्यु भए पछि पहिलो पटक राष्ट्रपति पद सम्हालेका थिए । उनले ६ वर्षको लागि राष्ट्रपतिको पद सम्हाल्नेछन् । उनको पदावधी जनवरी २०१९ देखि शुरु हुनेछ ।

“यो मेरो लगातारको चौथो विजय हो ,” मदुरोले भने “यो हाम्रो पार्टीको १९ वर्ष भित्रको २२ औं विजय हो । ”

सर्वत्र आर्थिक संकटको समयमा मदुरोले आफ्नो देशले ‘नयाँ चरण’ प्रवेश गर्ने र अर्थतन्त्र पुनरताजगीको लागि ‘माफियाहरु’सँग लड्ने बताए ।

मुख्य विपक्षी गठबन्धनले निर्वाचन बहिष्कार गरेको थियो । तर मदुरो निविरोध भने थिएनन् ।

निर्वाचनमा मदुरोको मुख्य प्रतिद्वन्दी हेन्री फाल्कोन थिए । फाल्कोन कुनै समय सत्तारुढ पार्टीबाट राज्य गर्भनर थिइसकेका मानिस हुन् । सन् २०१० मा पार्टीसँग मतभेद भएपछि फाल्कोन मदुरोको पार्टीबाट छुट्टिएका थिए । विजेता मदुरोको पक्षमा ५८ लाख भोट आउदाँ फाल्कोनको पक्षमा १८ लाख भोट आएको थियो ।
यो निर्वाचन भेनेजुयलाभित्र र बाहिर विवादमा आएको थियो ।

विपक्षीहरुको बहिस्कार र हिंसा हुने डरका कारण निर्वाचनमा निक्कै कम मतदाताको उपस्थिति थियो । रिपोर्ट अनुसारमा ४६% मतदाताले मात्र निर्वाचनमा भोट हालेका थिए ।

अमेरिका र उसका मित्रशक्तिले भने निर्वाचन ‘नाटक मञ्चन’ को संज्ञा दिए । उनीहरुले आफूले यो निर्वाचनलाई स्वीकार नगर्ने बताए ।

उता निर्वाचन ¥हालीमा सम्बोधन गर्दै मदुरोले आफू ‘अमेरिकी साम्राज्य’सँग वार्ता गर्न तयार रहेको बताए । उनले भने “यदी अमेरिका कुनै समयमा वार्ता गर्न चाहन्छ भने म वार्ता गर्न तयार छु । यदी अमेरिकाको समर्थनप्राप्त अन्य दक्षिणपन्थी राष्ट्रहरु वार्ता गर्न चाहन्छन् भने पनि म तयार छु ।” 

पूर्व क्युबाली राष्ट्रपति राहुल क्यास्ट्रोले भने मदुरोको ‘ऐतिहासिक निर्वाचनको जितको’ बधाई दिदैं आफ्नो र क्युबाली कम्युनिष्ट पार्टीको सद्भाव पठाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप