शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

७औं “ घरजग्गा मेला २०१८” हुने

सोमबार, ०७ जेठ २०७५, १७ : ०३
सोमबार, ०७ जेठ २०७५

काठमाडौं । यही असार १ देखि ५ गतेसम्म ७औं “घरजग्गा मेला २०१८” काठमाडौंमा हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गईरहेको मेलामा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपाय सहितको भावी अवसरका विषयमा सूचना तथा जानकारी उपलब्ध गराइने आयोजकले जनाएको छ ।

नयाँ नेपाल निर्माणका लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा योगदान पुर्याइरहेका व्यवसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई नेपाली रियल स्टेट व्यवसायको यथार्थ र वास्तविकताबारे जानकारी दिने प्रेस विज्ञप्ती मार्फत आयोजकले बताएको छ । मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ—आफ्नो सेवा तथा उत्पादनहरुको प्रदर्र्शन गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामाग्रीका उत्पानक तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक कन्सल्ट्यान्टका साथै बैंक र वीमा कम्पनीहरु सहभागी हुनेछन् । साथै विशेषज्ञहरुबाट घर जग्गाबारे कानूनी, प्राविधिक रर वित्तीय परामर्श समेत उपलब्ध गराइने आयोजकको भनाई छ ।

यसका साथै असार ४ र ५ गते दोस्रो “हाउजिङ्ग समिट २०१८” पनि हुने भएको छ । यो समिट नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्र्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजनामा हुने विज्ञप्तीमार्फत जानकारी दिइएको छ । गत वर्षको हाउजिङ्ग समिटले नेपालमा आवास विकासको परियोजना, भौगोलिक अवस्था, विद्यमान कानूनी व्यवस्था र वित्तीय श्रोतहरुको परिचालनमा भएका काम कार्वाही तथा आगामी दिनमा गर्नुपर्ने योजना नीति तथा कार्यक्रम र कानूनी प्रकृया लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेको थियो । यो वर्ष आयोजना हुने दोस्रो हाउजिङ्ग समिटले आवास निर्माणको क्षेत्रमा नयाँ आयाम र थप उर्जाको सृजना गर्ने विश्वास आयोजकको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप