शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालन सुरु

सोमबार, ०७ जेठ २०७५, १६ : ५७
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– सरकारले मुलुकको एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक २१ घण्टा सञ्चालन गर्न सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सोमबार एक कार्यक्रमकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन गरिएको औपचारिक घोषणा गरेका हुन् । 

विमानस्थलको काम कार्वाहीलाई व्यवस्थित  र उडानलाई सुरक्षित बनाउन सोमबारदेखि विमानस्थललाई दैनिक २१ घण्टासम्म संचालन गर्न लागिएको मन्त्री अधिकारीले बताए । १८ घण्टा दैनिक सञ्चालन हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवधि ३ घण्टा थप गरेर २१ घण्टा पुर्याइएको हो । 

थप गरिएको समयले विमान उडान व्यवस्थापन थप सुदृढ हुने विमानस्थलको दावी छ । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सरकारले विमानस्थललाई व्यवस्थित बनाउन दैनिक २१ घण्टा सञ्चालन गर्ने निर्णय लिएको स्पष्ट पारे ।

उनले सरकारका निर्णय पूर्ण पालना गर्न विमानस्थलका सम्पूर्ण कर्मचारीलाई कडा निर्देशन समेत दिए । सचिव देवकोटाले विमानस्थलको काम कार्वाही प्रभावकारी नभए सम्बन्धित कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिए । उनले सरकारको निर्णय अनुसार काम नगर्ने प्रवृति सरकारका लागि सैह्य नहुनेतर्फ पनि कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराए ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालन गर्ने लक्ष्य लिएको बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप