शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२ वर्ष भित्र भूकम्पले भत्काएका सवै विद्यालय बनाइसक्ने मन्त्रीको दाबी

सोमबार, ०७ जेठ २०७५, १६ : २५
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– सरकारले २ वर्ष भित्र विद्यालय भवन पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने योजना अघि सारेको छ ।  भूकम्पले ध्वस्त बनाएको विद्यालय भवन पुनर्निर्माणको कामले गति नलिएको भन्दै सर्वत्र आलोचना भईरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २ वर्ष भित्र पुनर्निर्माणको काम सम्पन्न गर्ने योजना अघि सारेका हुन् ।

सोमबार काठमाडौंस्थित दरबार हाईस्कुलको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उहाँले २ वर्ष भित्र सबै विद्यालय पुनर्निर्माणको काम सम्पन्न गर्न आफूले एकपछि अर्को विद्यालय निरीक्षणको काम सुरु गरेको पनि स्पष्ट पारेका हुन् ।

उनले भूकम्पले ध्वस्त बनाएको विद्यालय भवन निर्माणको काममा तीव्रता दिन स्थानीय तह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवश्यक समन्वय भईरहेको पनि बताए । 
मन्त्री पोखरेलले विद्यालय भवनको पुनर्निर्माणको कामलाई गति दिन सुरक्षित विद्यालयको अवधारणा अघि सारिएको पनि स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप