शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली अमेरिकी डलरसहित त्रिभुवन विमानस्थलबाट एक विदेशी पक्राउ

सोमबार, ०७ जेठ २०७५, १६ : २१
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– नक्कली अमेरिकन डलर सहित जोर्डन स्थायी घर भएका माजिन अब्दिलजबर तलिब अल्सकीमे त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । सोमबार बिहान त्रिभुवन विमानस्थलबाट उनलाई नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

माजिन अब्दिलजबर तलिब अल्सकीमेले सुटकेशमा लुकाई छिपाई राखेको अवस्थामा १ सय डलरका नक्कली अमेरिकन डलर ६८ थान, सेन्ट्रल बैंक अफ ओमानको ५० दरका च्यातिका २२ टुक्रा, च्यातिएका अमेरिकी डलरका १६ टुक्रा र साउदी रियाल ५ सय दरका २५ थान प्रहरीले बरामद गरेको छ । 
अमेरिक डलर ५ सयको भिजा ट्राभलर चेक एक थान सहित पक्राउ परेका ६६ बर्षिय जोर्डन नागरिक माथी थप अनुसन्धान भईरहेको महाशाखाले जनाएको छ । अबैध विदेशी मुद्राको कारोवारीलाई मुलुकी ऐन खोटाचलनको महल अनुसार बिगो बमोजिम जरिवाना र ५ बर्ष कैद सजाय हुने कानुनी ब्यवस्था रहेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप