
कमल थापा अध्यक्ष छाड्न तयार, गरे एकताको आह्वान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएको बताएका छन् । आज बीरगञ्जमा आयोजित राप्रपा केन्द्रीय परिषद बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले अहिले मुलुकमा राष्ट्रवादी शक्तिको अभाव खड्किएकोले राप्रपाबाटै फुटेर भिन्न पार्टीको नेतृत्व गरिरहेका पशुपति शम्शेर राणा र डा. प्रकशचन्द्र लोहनीसँग पार्टी एकताको प्रस्ताव राखे ।
उनले भने, देशलाई अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता एकअर्कालाई आरोप–प्रत्यारोप गर्न छाडौं पार्टी एकता गरौं । अध्यक्ष थापाले पार्टी एकताका लागि राणा र डा. लोहनी मञ्जुर भए आफुले अध्यक्ष पद समेत हस्तान्तरण गर्न तयार रहेको बताए । उनले भने, एकले अर्कालाई आरोप–प्रत्यारोप गर्न छाडौं, पार्टी एकता गरौं, तपाईहरु चाहानुहुन्छ भने पार्टी अध्यक्षसमेत हस्तान्तरण गर्न तयार छु ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ