शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुवान्डामा चट्याङ लागेर १२ जनाको मृत्यु

सोमबार, ०७ जेठ २०७५, १५ : ५३
सोमबार, ०७ जेठ २०७५

एजेन्सी– रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसानको मृत्यु भएको समाचारमा छ । 

दक्षिणी रुवाण्डाको उक्त स्थानमा खेतमा काम गरिरहेका ती किसान चट्याङबाट मारिएका छन् । सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका यहाँका गृह प्रशासनसम्बन्धी अधिकारीले सोमबार जानकारी दिएका छन् । 

आइतबार बिहान ८ बजेतिर ४५ उक्त खेतमा कार्यरत कैयौँ किसानलाई चट्याङ लागेको थियो । आकास चम्किएको विद्युत्ले हानेपछि लगत्तै भूइँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको बताइएको छ । 

उक्त स्थानमा गत महिनामात्र पनि चट्याङमा परी कैयौँको ज्यान गएको थियो । सो स्थानमा गतवर्ष पनि यसरी चट्याङ लागेर केही मानिसको ज्यान गएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप