बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वेपत्ता स्मृति दिवसमा प्रचण्ड–ओली अनुपस्थित, कार्यक्रमका ११ तस्बिर

सोमबार, ०७ जेठ २०७५, १६ : १८
सोमबार, ०७ जेठ २०७५

काठमाडौं–  तत्कालिन नेकपा माओवादी केन्द्रले मनाउँदै आएको वेपत्ता स्मृति दिवस एमालेसँग एकता भएपछि पनि मनाइयो  तर,  केहि फरकपनका साथ । 
 

विगतका सभामा   तत्कालिन माओवादी केन्द्रका अध्यक्षसहितका शीर्ष नेताहरुको सहभागिता हुन्थ्यो  । तर, यो पटकको सभामा न  नेकपाका अध्यक्ष केपी ओलीको सहभागिता रह्यो न त प्रचण्डकै । 

वेपत्ता  परिवार समाज नेपालको ब्यानरमा नेकपाको कार्यालय (तत्कालिन नेकपा माओवादीको कार्यालय) कोटेश्वर पेरिसडाँडामा भएको सभामा प्रमुख अतिथिको रुपमा नेकपाका नेता सुवासचन्द्र नेम्वाङको उपस्थिति रह्यो । नेम्वाङले विशेष  कारणले ओली र प्रचण्ड बैठकमा सहभागि हुन नसकेको बताए । 

उनले वेपत्ता परिवारको पीडाबारे पार्टी गम्भीर रहेको भन्दै सधै पीडामा बल्झिरहने अवस्था आउँन नदिने प्रतिबद्धता जनाए । 

सहीद, वेपत्ता र घाइतेहरुको त्यागले अहिलेको अवस्थासम्म आइपुगेको भन्दै नेम्वाङले सहिद र वेपत्ताहरुको  सपना  पूरा गरिछाड्ने बताए । 

उनले भने, ‘तपाईँको पीडा मैले मशसुस गरेको छु । जनयुद्धकालमा मैले पनि पीडितको पक्षमा मुद्दा लडेको  छु । निरंकुशताको विरुद्ध लड्दा नै अहिलेको अवस्थामा आएको छ ।’ 

नेकपाका शीर्ष नेता सहभागि नभएको कार्यक्रममा नेताहरु हितमान शाह्य, झक्कु सुवेदी, अजयशंकर नायक लगायत भने सहभागि थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप