मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको एक रेस्टुरेन्टमा गाडी जोतेर गरिएको आक्रमणमा आक्रमणकारीकै  छोरीको मृत्यु

सोमबार, ०७ जेठ २०७५, १५ : ०६
सोमबार, ०७ जेठ २०७५

न्युयोर्क–आइतबार अमेरिकाको नर्थ क्यारोलिनामा एक मानिसले नियतवस आफ्नो गाडीलाई  एक रेस्टुरेन्टमा जोतेका छन् । अधिकारीहरुका अनुसार घटनामा दुई जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दे बेस्सेमर सिटी पुलिस विभागका प्रमुख टम एल्लिसले सर्फ एण्ड टर्फ लज नामक उक्त रेस्टुरेन्टमा घटना भए लगत्तै प्रहरी अधिकारीहरु पुगेको बताए । घटनास्थल चार लोटभन्दा ३० माइल टाढा रहेको छ ।
प्रहरी घटनास्थलमा पुग्दा एक बाहन पुरै रेस्टुरेन्टमा घुसेको अवस्थामा पाइएको एल्लिसले बताए ।
प्रहरीले उक्त गाडी ड्राइभर ६२ वर्षे रोजर सेल्फ भएको पहिचान भइसकेको र उनलाई पक्राउ गरिसकिएको बताएको छ ।
एल्लिसका अनुसार दुई मानिसलाई घटनास्थलमै मृत घोषणा गरिएको थियो । एल्लिसले सङ्ख्या उल्लेख नगरेपनि थुप्रै मानिसहरु घाइते भएको हस्पिटल उपचार गर्न लगिएको बताए ।
प्रहरी एलान क्लोनिगरका अनुसार मृत्यु हुनेमा २६ वर्षे क्याटलिन सेल्फ पनि रहेको बताए । उनी जेलकी सहायकका रुपमा काम गर्थिन् । एल्लिसका अनुसार क्याटलिन घटना घटाउने रोजर सेल्फकी आफ्नै छोरी भएको अनुसन्धानबाट खुलेको छ । घटनाको समयमा उनी बिदामा बसेकी थिइन् । 
“यी युवतीले डिटेन्सन अधिकारीको रुपमा काम शुरु गरेकी थिइन् र बढुवा हुँदै डेपुटी सम्म भएकी थिइन् ।” क्लोनिगरले भने ।
अधिकारीहरुले घटनामा मरेका दोश्रो मानिसको परिचय र घटना घटनाउनुको उद्देश्य भने उल्लेख गरेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप