शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको तापक्रम ४० डिग्री, जनजीवन अस्तव्यस्त

सोमबार, ०७ जेठ २०७५, १४ : ५३
सोमबार, ०७ जेठ २०७५

गौशाला– जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे छ ।बिहानैदेखि चर्को घाम र दिउँसो तातो हावाले गर्दा जिल्लाको तापक्रम ३० देखि ४० डिग्रीसम्म पुगेकाले यहाँका बासिन्दालाई गर्मीले सताएको हो । 

गर्मीका कारण जिल्लाको १० नगरपालिका र पाँच पाउँपालिकाका बासिन्दालाई दिउँसो घर बाहिर निस्कन कठिन भएको छ भने शहर बजार सुनसान देखिन्छ । तातो हावाले जिल्लाको वातावरण २४ सै घण्टा अस्तव्यस्त बनेको छ । 

गर्मीका कारण बालबालिका, वयस्क र वृद्धवृद्धालगायत सम्पूर्ण जिल्लावासी प्रभावित भएकाले विरामीको संख्या बढेको सम्बद्ध अस्पतालका चिकित्सकले जनाएका छन् । 

त्यस्तै गाउँ गाउँमा रहेका सयौँ पोखरी, तलाउ, इनार र नदी पनि सुकिसकेकाले मानिससहित बस्तुभाउ र पशुपंक्षीलाई पनि पानी खानलगायत समस्या हुनुका साथै खेतबारीमा लगाइएको बालीनालीसमेत सुकेर बजारमा हरियो सागसब्जीको समेत अभाव भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप