बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालले पायो ट्रकोमा रोग निर्मूल गरेको प्रमाणपत्र

सोमबार, ०७ जेठ २०७५, १४ : ४७
सोमबार, ०७ जेठ २०७५

काठमाडौँ– नेपालले आँखामा लाग्ने खसरोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ । 

स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो । 

राज्यमन्त्रीका स्वकीय सचिव राजेश शर्माले राससलाई दिएको जानकारीअनुसार विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानम देभ्रेयुसले राज्यमन्त्री अर्याललाई उक्त प्रमाणपत्र प्रदान गरेका हुन् । 

महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जेनेभा पुग्नुभएकी राज्यमन्त्री पद्मा अर्याल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अधानम देभ्रेयुस विगतमा नेपालमा भएका स्वास्थ्यसँग सम्बन्धित सफल अभ्यास, उपलब्धि र योजनाहरुका विषयमा छलफलसमेत भएको शर्माले बताए । 

नेपाल संघीयता कार्यान्वयनको विशिष्टीकृत अवस्थामा रहेको हुँदा संगठनले स्वास्थ्यको नीति र पद्धति विकासमा विशेष प्राविधिक सहयोग गर्न, नेपाली विज्ञको अर्थपूर्ण सहभागितामा संगठनका नीति, योजना र कार्यक्रमहरु निर्माणका लागि पनि राज्यमन्त्री अर्यालले आग्रह गर्नुभएको बताइएको छ । 

भेटमा महानिर्देशक डा.टेड्रोस अधानम देभ्रेयुसले नेपालले ट्रकोमा उन्मूलनमा प्रगति गरेको जस्तै कालाज्वरमा पनि प्रगति गरिरहेको कुरा सुन्दा आफूलाई खुशी लागेको बताउनुभएको शर्माले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप