मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजमार्ग वरिपरिका अवैधानिक संरचना हटाउँदै पोखरा महानगरपालिका

सोमबार, ०७ जेठ २०७५, १४ : ४०
सोमबार, ०७ जेठ २०७५

पोखरा, ७ जेठ पोखरा लेखनाथ महानगरपालिकाकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । 

महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बसेको बैठकले अस्थायी घर, टहरा र ग्यारेजका सामान हटाउने निर्णय गरेको हो । 

मापदण्ड विपरीत निर्माण गरिएको भौतिक संरचना सात दिनभित्र हटाउन सूचना जारी गर्ने र नहटाएमा कारबाही गरिने ट्राफिक व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरेन्द्र पौडेलले जानकारी दिए । 

उनका अनुसार सडकको आसपासमा स्थायी संरचना, वर्कसप तथा जथाभावी निर्माणका सामग्री राख्दा ट्राफिक व्यवस्थापनमा समस्या सिर्जना भएको कारण हटाउन लागिएको हो । हटाउन तोकिएको सूचनालाई बेवास्ता गरेमा पाँच हजार जरिवाना गरिने निर्णय भएको छ । 

स्थायी संरचना र ग्यारेजहरुले सडक छेउमा जथाभावी सामान राख्दा ट्राफिक व्यवस्थापनमा समस्या पारेकाले हटाउन लागिएको हो । 

बीच सडकमा रहेका १७ वटा पोललाई एक हप्ताभित्र सडक छेउमा सारिने बताउँदै उनले भने, “बीच सडकमा विद्युत्को पोल हुँदा दुर्घटना हुनाका साथै ट्राफिक व्यवस्थापनमा समेत प्रभाव परेको छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप