शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिरोध कविता अभियान

सोमबार, ०७ जेठ २०७५, १३ : ४२
सोमबार, ०७ जेठ २०७५

पोखरा-इच्छुक सांस्कृतिक प्रतिष्ठानले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत ‘प्रतिरोध कविता अभियान २०७५’ को दुईवटा शृङ्खला सम्पन्न गरेको छ ।

जेठ ४ गते चितवन र ५ गते पोखरामा भएको कविता गोष्ठीमा देशका विभिन्न जिल्लाबाट उपस्थित भएका प्रगतिवादी कविहरूले आ–आफ्ना कविता वाचन गरेका छन् । 

वाचित कविताहरूमा कविले देशमा गण्तन्त्र स्थापना भएर सङ्घीय संविधान अन्तरगतका तीन तहको चुनाव सम्पन्न भएर सरकार गठन भएता पनि जनताको शासन स्थापना नभएको भाव व्यक्त गरे । जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडन अझ बढेर गएको, सांस्कृतिक विकृति र विसङ्गतिहरू विकराल वन्दै गएको कुरा कवितामा व्यक्त गरे । 

वाचित कविताहरूले राष्ट्रिय स्वधीनताका पक्षमा आवाज बुलन्द गरे । वर्तमान सरकार देशभक्त र वामपन्थी नभएको विचार कवितामार्फत् व्यक्त गरेका कविहरूले सत्ताको दमनकारी चरित्रको भण्डाफोर गर्दै त्यसका विरुद्ध जनता फेरी सङ्घर्षमा उठ्न आह्वान गरे । 

चितवनमा ३७ जना कविहरूले कविता वाचन गरेका थिए भने पोखरामा ४८ जना कविहरूले कविता वाचन गरेका थिए ।

वाचित कविताहरूको समीक्षा प्रतिष्ठानका कार्यसमिति सदस्य प्रा.डा.जगदीशचन्द्र भण्डारीले समीक्षा गरेका थिए भने प्रतिष्ठानकै कार्यसमिति सदस्य प्रा.डा. ताराकान्त पाण्ड्ेयले प्रतिरोध कविता अभियानको आवश्यकता, औचित्य र महत्वका बारेमा विचार व्यक्त गरेका थिए । 

राष्ट्रिय स्तरमा स्थापित कविहरू ईश्वरचन्द्र ज्ञवाली, जगदीशचन्द्र भण्डारी, मोदनाथ मरहट्टा, मित्रलाल पंज्ञानी, केशव सिलवाल, हिरामणि दुखी, सरिता तिवारी, गौरी दाहाल, पंचकुमारी परियार, रविकिरण निर्जिव, शोभा दुलाल, रामहरी श्रेष्ठ, प्रकाशबाबु खनाल, खनाल रेवतीरमण, नारायण मरासिनी, परशुराम कोइराला, विदूर वस्ती, ओमविक्रम ओझा, मुक्तिनाथ अधिकारी लगायत दुबै स्थानमा गरेर ८५ जना कविहरूले कविता वाचन गरेका थिए । 

प्रतिष्ठानका सदस्यसचिव हिरामणि दुःखीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले गरेका थिए । य

सैगरी यो अभियान यही जेठ २६ गते ललितपुरको लेलेमा गरिने कुरा प्रतिष्ठानका सदस्य सचिव हिरामणि दुःखीले बताए ।

उनका अनुसार देशका विभिन्न जिल्लाहरूमा प्रतिरोध कविता अभियान सञ्चालन गर्ने जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप