शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आदिवासी रंगशालाका लागि बजेट माग

सोमबार, ०७ जेठ २०७५, १३ : ४०
सोमबार, ०७ जेठ २०७५

झापा– झापाका आदिवासी, जनजातिहरुले कमल गाउँपालिकामा निर्माणाधिन आदिवासी रंगशालाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।  सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले झापास्थित कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रंगशालाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । 

केन्द्र सरकार र प्रदेश सरकारसँग सो रंगशाला निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।

उनले बजेट मागका लागि काठमाडौ आएका आफूहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीेले भेट समेत नदिएको भन्दै गुनासो पनि गरे । सरकारले आर्थिक वर्ष २०६७/०६८ मा सो रंगशाला निर्माणका लागि १ करोड बजेट छुटयाएको थियो । सोही बजेटमार्फत् सो क्षेत्रमा रंगशाला निर्माणको काम सुरु गरिएपनि त्यसलाई अघि बढाउन बजेटको अभाव रहेको प्रतिष्ठानले जनाएको छ ।

अध्यक्ष राईले सरकारले आदिवासी रंगशाला निर्माण गर्ने आफूहरुको काममा सहयोग नगरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप