शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ भाषामा ‘नेपाल टुरिजम’ वेबसाईट संचालन

सोमबार, ०७ जेठ २०७५, १३ : १४
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– सरकारले चिनिया भाषामा नेपाल टुरिजम वेबसाईट संचालनमा ल्याएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी र नेपालका लागि चीनका राजदुत यू होङले चिनियाँ भाषामा तयार पारिएको नेपाल टुरिजम वेबसाईटको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले चिनियाँ पर्यटकहरुको गुणात्मक वृद्धि गर्न चिनियाँ भाषामै वेबसाईट संचालन गरिएको बताए । उनले आगामी १० वर्ष भित्र मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पु¥याउँने सरकारको लक्ष्य पूरा गर्न पनि चिनियाँ पर्यटकलाई नेपाल भित्रयाउने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यू होङले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने नेपाल सरकारको लक्ष्य पुरा गर्न चीन सरकार नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए ।
उनले नेपाल राजनीतिक स्थायित्व र आर्थिक विकासको माध्यामबाट समृद्धिको दिशामा अघि बढेको पनि स्पष्ट पारे ।

राजदुत होङले नेपाल र चीनबीचको सम्बन्ध अझै घनिष्ट हुँदै जाने विश्वास पनि व्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप