शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘बोर्डमा रहँदा पाँच ठूला कार्य गरेर देखाउँने छु’ – अध्यक्ष निकिता पौडेल

सोमबार, ०७ जेठ २०७५, १३ : ०१
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– ‘६ महिनाभित्र बक्स अफिस लागू गर्छु’, गत मङ्सिरमा चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ति भएलगत्तै नीकिता पौडेलले भनेकी थिइन् । उनले बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालेको अहिले ७ महिना पुगेको छ । ‘बक्स अफिस लाग्न सुरु नभए पनि लाग्ने प्रक्रियाको भने अन्तिम चरणमा पुगेको छ । यसलाई उपलब्धि मान्नु पर्छ’, अध्यक्ष निकिताले भनिन्, ‘नयाँ आर्थिक वर्ष अर्थात साउनबाट सबै चलचित्र भवनमा बक्स अफिस लाग्छ ।’

निकिता विकास बोर्डकी पहिलो महिला अध्यक्ष हुन् । महिलाका लागि बोर्डको अध्यक्ष पद चानचुने कुरो होइन । यसका थुप्रै अप्ठ्यारा बाटाहरू थिए । ती सबै पार गर्दै उनी बोर्डमा पुगेकी हुन् । बोर्ड सम्हाल्ने बित्तिकै उनी चलचित्र र चलचित्रकर्मीको हितका खातिर काम गर्ने योद्धाका रूपमा अगाडि देखापरिन् । 

सबैभन्दा पहिले चलचित्रकर्मीको हित बक्स अफिसले गर्ने बुझेकी उनी  साउनबाट जसरी पनि बक्स अफिस लगाउने कसरत गर्दैछिन् । जसका लागि अहिले टेक्निकल प्ररिक्षणदेखि हलवालालाई प्रशिक्षणसम्मका कार्यहरू भइरहेका छन् । ‘बक्स अफिसले निर्माता सुरक्षित गर्छ । निर्माता सुरक्षित हुनु भनेको धेरैको रोजीरोटी चल्नु हो’, उनले थपिन् ।

निर्माता, प्रदर्शक, वितरक र मिडियाकर्मीको रूपमा समेत चिनिएकी उनी बोर्डमा पुगेपछि अन्य केही उपलब्धिमूलक काम पनि भएका छन् । जसमा नेपाली कलाकारलाई पुने इन्स्टिच्युटमा ट्रेनिङका लागि पठाउनेदेखि पुराना चलचित्र डिजिटल प्रविधिमा ढाल्नेसम्म रहेका छन् ।

नेपाल सरकारले उनलाई २ वर्षका लागि मात्र अध्यक्ष नियुक्ति गरेको हो । यस अगाडि सरकारले अध्यक्ष नियुक्ति गर्दा ३ वर्षको कार्यकाल तोक्ने गर्दथ्यो । २ वर्षको कार्यकाल भए पनि आफ्नो कार्यकाल उपलब्धिमूलक बनाउने निकिताले बताइन् ।

‘कार्यकाल थोरै भए पनि निकिताको समयमा यो यी कार्य भए । यो उपलब्धि मिल्यो र चलचित्र क्षेत्रले यति फड्को मा¥यो भन्ने बनाउँछु’, रातोपाटी स्टुडियोमा केही दिन पहिले अतरवार्ताका क्रममा उनले भनिन् ।

चलचित्र क्षेत्र र चलचित्रकर्मीको हितका लागि आफूले गरिरहेको कार्य र योजका विषयमा करिब आधा घण्टा बोलेकी निकिताले आफ्नो कार्यकाल सकिनु अगाडि ठूलाठूला पाँचवटा कार्य गर्ने बताइन् । भनिन्, ‘स–साना कार्य त हरेक दिन गरिरहेकी छु ।’ 

निकितासँगको थप कुराकानी भिडियोमा –
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप