शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यो रगत समूह भएकालाई कडा खालको ब्याक्टेरिया संक्रमणको खतरामा

सोमबार, ०७ जेठ २०७५, १२ : ४९
सोमबार, ०७ जेठ २०७५

इ–कोली ब्याक्टेरियाले कडा खालको पखाला लगाउने गर्छ । यो ब्याक्टेरियाले विशेष गरेर अल्पविकसित राष्ट्रका बच्चाहरुलाई असर गर्छ । बासिङ्टन विश्वविद्यालयले गरेको एक नयाँ अध्ययनले यो ब्याक्टेरियाले ‘ए’ रगत समूह भएकाहरुलाई बढी असर गर्ने देखियो । यसले ‘ओ’ र ‘बी’ रगत समूहलाई भने ‘ए’लाई जस्तो असर पारेको देखिएन ।
यसको कारणमा इ–कोली ब्याक्टेरियाले उत्सर्जन गर्ने प्रोटिन ‘ए’ रगत समूह भएकाहरुको आन्द्राका कोषहरुमा टासिने तर ‘ओ’ र ‘बी’ रगत गर्मीमा  इ–कोलीको संक्रमणको बढी खतरामा हुन्छ । यो समयमा सडक छेउमा राखिएका जुस, चिसो पेय पदार्थ र पानीको खपतमा वृद्धी हुने गर्छ । यो समयमा यी पेय पदार्थमा इ–कोलीको ब्याक्टेरियाको मात्रा उच्च हुन्छ । यो समयमा बरफको नमुनामा समेत इ–कोली ब्याक्टेरियाको मात्रा बृद्धी हुने देखिएको छ ।
“रगत समूहमा यो रोगको गम्भिरतमा हुने भिन्नतामा यो प्रोटिनको हात हुने हामीले सोचेको छौं ,” बासिन्टन विश्वविद्यालयका सहायक प्राध्यापक जेम्स फ्लेकेन्स्टनले भने, “यो प्रोटिनलाई नष्ट गर्ने खोपले सम्भवत यो रोगको सबैभन्दा खतरामा रहेकाहरुलाई बचाउनेछन् ।”
अध्ययनको लागि यो अनुसन्धान समूहले १०० भन्दा बढी स्वस्थ स्वयमसेवकहरुलाई इ–कोली एक डोज सुई मार्फत दिएको थियो । त्यसपछि त्यो समूहले ती स्वयमसेवकहरुलाई पाँच दिनसम्म अवलोकन गरे र यो समयमा उनीहरुको रगतको नमूना पटक पटक जाँचियो । जर्नल अफ क्लिनिकल इन्भेष्टिगेसनमा प्रकाशित अध्ययनले ‘ए’ रगत समूह भएका स्वयमसेवकहरु ब्याक्टेरियाबाट छिट्टो र बढी गम्भिररुपमा बिरामी भएको पायो । 
अनुसन्धानमा सहभागी भएका १० मध्य ८(८१%)जना ‘ए’ रगत समूह भएका मानिसहरुमा पखाला रोगको विकास भयो । अध्ययनमा ‘बी’ र ‘ओ’ रगत समूह भएका आधा मानिसहरुमा मात्र रोग बिकास भएको थियो । 
अनुसन्धानदाताहरुले इ–कोली ब्याक्टेरियाले ‘ए’ रगत समुहको आन्द्राको कोषमा हुने सुगरमा टासिने खालको निश्चित खालको प्रोटिन निर्माण गरेको पाए । तर ‘ओ’ र ‘बी’ रगत समूहको सुगरमा भने त्यस्तो देखिएन । 
आन्द्रामा टासिएपछि इ–कोली ब्याक्टेरियालाई आन्द्राको कोषमा पखला लगाउने विषाक्त निष्कासन गर्न सजिलो हुन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप