शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जेट विमानका दुई चालकमाथिको भरोसा

सोमबार, ०७ जेठ २०७५, १२ : ४२
सोमबार, ०७ जेठ २०७५

तिलक घिमिरे (निर्मल)
        
हरेक सिद्धान्तमा राम्रा नराम्रा दुवै पाटा हुन्छन् । सिद्धान्तले त्यसभित्र रहेको हरेक विषयवस्तुलाई समेटेको हुन्छ । सिद्धान्त समयक्रमसँगै आफै प्रतिपादन हुन्छ । सिद्धान्त प्रतिपादन गर्न जति गाह्रो छ, त्यसलाई कार्यान्वयन गराउन त्योभन्दा पनि बढी गाह्रो हुने गर्छ ।

यहाँ समाजवाद, विकासवाद तथा अन्य वादको नभई माक्र्सवादको सिद्धान्त अँगाल्ने माओवादी र जबजको सिद्धान्त शिरोधार्य गर्ने नेकपा एमाले एकताको हो । दुवै कम्युनिस्टको जन्म एउटै गोत्रमा भए पनि दुवैको सङ्गठनात्मक तथा राजनीतिक इतिहास विद्रोही पृष्ठभूमिबाट आएको मानिन्छ । तत्कालीन एमाले २००८ सालको झापा आन्दोलनबाट उदाएको हो भने माओवादी केन्द्र २०५२ सालको सशस्त्र आन्दोलन तत्कालीन दुवै दलले माओको विचार अँगालेका थिए र सोही जगमा वर्ग सत्रसफया नीति पच्छ्याएका थिए । जब लामो सङ्घर्ष तथा बलिदान, पहिलो जनआन्दोेलनपछि तत्कालीन २ कम्युनिस्ट (माले र माक्र्सवादी) बीच एकता भई नेकपा एमाले बन्यो ।

त्यसपछि एमाले पूर्णतया लोकतान्त्रिक मार्गबाट मात्र मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने ठानी जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद विकास गरी आपूmलाई सोही अनुसार अनुसरण ग¥यो । सो बेला एउटा कम्युनिस्ट पार्टी सो लोकतान्त्रिक पथमा हिँडिरहेको थियो भने अर्को कम्युनिस्ट पार्टी २०५२ सालदेखि सशस्त्र विद्रोहको बाटोमा सङ्घर्षरत थियो । दुवै कम्युनिस्टमा आपसी सौहार्द सम्बन्ध भने थिएन । जतिबेला राजाले प्रत्यक्ष शासन गरिरहेका थिए, त्यतिबेला देशमा जनविद्रोह व्याप्त थियो । सो गृहयुद्धको विषम परिस्थितिमा दुई कम्युनिस्टलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने भान भई सोही बेलादेखि नै दुवै पार्टीइतरका एकता पक्षधर पात्रहरूले भित्रभित्रै भूमिका निर्वाह गरिरहेका थिए । हिंसात्मक विद्रोहबाट तत्कालीन राज्य सत्तालाई विजय गर्न सकिँदैन भन्ने भान परी तत्कालीन माओवादी आपूmलाई सुरक्षित तथा शान्तिपूर्ण राजनीतिक अवतरण गर्न चाहन्थ्यो ।

त्यसका लागि तत्कालीन एमालेले आफ्ना महासचिव माधव नेपाल, युवराज ज्ञवाली, वामदेव गौतम तथा तत्कालीन माओवादीका तर्फबाट कृष्णबहादुर महरा, मातृका यादव, बाबुराम भट्टराई एवम् उनीहरूलाई संयोजन गरिदिने काममा तत्कालीन एकता केन्द्र मसालका नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले निर्वाह गरेको समन्वयात्मक भूमिका सह्रानीय देखिन्थ्यो । तत्कालीन माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि दुवै पार्टीलाई मिलाउनुपर्छ भनेर २०६४ सालदेखि नै दुवै दलका मुख्य हस्तीहरू के.पी. ओली, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रचण्ड, मोहन वैद्य, बाबुराम भट्टराई, मातृका यादव, कृष्णबहादुर महरालगायतका नेताहरूले जोड गरेका थिए । तर गोप्य भनिएको वार्ताको विषय निर्णय अगावै बाहिर पुगेका कारण दुवै दलहरूमा वैमनस्यता सिर्जना भई सम्बन्धमा थप दरार पैदा भएको थियो ।

शीर्ष तहका नेताहरूमा देखिएको सम्बन्धको तिक्तता र सोले पार्ने असरको मध्यनजर गरी दुवै दलका दोस्रो तहका नेताहरूले ओली र दाहाललाई जोड्ने सूत्रको खोजी गरी वातावरण सहज बनाउन र दुवै पार्टीलाई एकताको सूत्रमा गाँस्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । जसमा एकअर्काका सूचना सन्देशहरू आदान प्रदान गर्ने र विग्रन सक्ने परिस्थितिलाई त्यस्तो हुन नदिई वातावरण सम्हाल्ने र दुवै शीर्ष नेताहरूलाई एकता गरी एसियाकै तेस्रो शक्तिशाली दल बन्न प्रेरित गरी एउटै ठाउँमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०७५ जेठ ३ गते जुन दिन आफ्ना सर्वोच्च नेता मदन भण्डारीको स्वर्गारोहण भएको थियो, सोही दिनको साइत पारी नेपालमा पहिलो र तेस्रो राजनीतिक दलको एकीकरणले ‘संसारका कुनै पनि कम्युनिस्टहरू कदापी एकै ठाउँमा बस्न सक्दैनन्, योे कम्युनिस्टको आचरण नै हो’ विश्वका राजनीतिक विश्लेषकको समीक्षालाई गलत सावित गरिदिएको छन् ।

ओली र प्रचन्ड आपैmमा बलिया राजनीतिज्ञ हुन् । ओली र प्रचन्ड नेतृत्वमा इतिहासमै नेकपा बलियो भएको छ । त्यसको मुख्य कारण उनीहरूको खरो रूपमा प्रस्तुत हुने शैली हो । खड्गप्रसाद ओली र प्रचन्ड नेपाली राजनीतिका कुशल खेलाडी हुन् । केही वर्षदेखि नेकपा एमालेको अध्यक्षतामा सम्हालेका केपी ओलीको पहिलो प्रधानमन्त्री कार्यकाल नेपालको इतिहासकै कठिन अवस्थाबाट गुज्रेको थियो । एकातिर विनासकारी भूकम्पले थिलथिलो बनाएको पीडा थियो भने अर्कातिर छिमेकीले आगोपानी बन्द गराई काकाकुल बनाइरहेको थियो । त्यस्तो कठिन परिस्थितिको सामना गरी ओली सरकारले गरेको राष्ट्रवादी चिन्तनले दर्दनाक अवस्थामा पनि नेपाली जनताको मुहारमा मुस्कान देख्न सकिन्थ्यो । ‘कुशल राजनीतिज्ञ समयानुकूल परिवर्तन हुनुपर्छ’ भन्ने सिद्धान्तलाई मनन् गरी अहिले दुवै दल एक भएका छन् । यो विकल्प ५ वर्षका लागि मात्र सीमित नहोस । फोरम र राजपाले विश्वासको मत एवम् सरकारमा सहभागी हुने सम्भावना पनि अझै जीवित नै छ । यसले तराई–मधेस केन्द्रित दलको २ वर्ष अगाडिदेखि अल्झिएको संविधान संशोधनको मुद्दा पनि ब्युँतिएको छ । यसलाई सम्बोधन गरी मधेसका बहुसङ्ख्यक जनसमुदायको मत जित्न थप नयाँ अवसर प्राप्त भएको भन्ने निक्र्यौल निकाल्न सकिन्छ ।
अर्कातिर संविधानका अन्तरवस्तु केलाउँदा काङ्ग्रेस संविधानको प्रस्तावनामै पराजित भएको देखिन्छ । संविधानको प्रस्तावनामा एमाओबादीको सशस्त्र संर्घषलाई महत्वका साथ स्थान दिइनु, समाजवाद उन्मुख राजनितिक तथा आर्थिक प्रणालीलाई स्वीकार गरिनु, टे«ड युनियनलाई संविधानमै लेखेर सामूहिक सौदावादी गर्ने अधिकार लिइनु, उद्योग व्यवस्थापनमा श्रमिकको सहभागिता प्रोत्साहन गर्ने संवैधानिक व्यवस्था हुनु र धर्म निरपेक्षता तथा गणतन्त्रात्मक व्यवस्था अङ्गीकार गरी स्वतन्त्र नभई तीनखम्बे (सार्वजानिक, सहकारी र निजी) अर्थनीति अपनाइनुले संविधान पूर्णत वामपन्थी चरित्रको बन्न पुगेको छ । काङ्ग्रेसले विश्वमा प्रचलित संसदीय प्रजातान्त्रिक प्रणालीका आधारभूत विशेषतालाई समेत संविधानमा जस्ताको त्यस्तै समेट्न सकेन । यसरी बीपी कोइरालाको विचार परित्याग गर्नुको परिमाण यतिबेला काङ्ग्रेसलाई प्राप्त भएको छ । संविधान वामपन्थी चरित्रको बने पनि सत्तामा काङ्ग्रसको वर्चस्व रहने झिनो सम्भावना थियो । संविधान जारी भइसकेपछि बीपी काइरालाको  सोच संस्थागत गर्न नसक्दा काङ्ग्रेस यसरी रक्षात्मक स्थितिमा पुग्नुपरेको हो । राष्ट्रिय परिस्थिति केपी ओलीका पक्षमा भएको र संसदभित्रको अङ्कगणित जटिल अवस्थामा रहेको यथार्थलाई  बुझेर व्यवहार गर्न नसक्दा काङ्ग्रेस पार्टी प्रतिकूल अवस्थामा पुगेको छ । प्रधानमन्त्री चयनको यस घटनाले नेपालमा वामपन्थी वर्चस्व बढाएको मात्र नभई राष्ट्रवादी भावना प्रोत्साहित भएको अर्थ पनि लागेको छ । संविधान निर्माणको चरणमा प्रचण्डले गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतालाई संस्थागत गर्ने सोच बनाएका थिए ।

पछिल्लो समयमा विकसित राजनीतिक समीकरणले वामपन्थी गठबन्धन सरकार मजबुत अवस्थामा उभिएको छ । यसलाई प्रतिपक्षीले अविश्वासको विशेष प्रस्ताव राख्नै सक्दैन । 
धेरै दलको समर्थनसहित सरकार शक्तिशाली बन्दा आम नागरिकमा सुशासन, समृद्धि, विकास एवम् अमन चयनको आकाङ्क्षा पनि स्वभाविकै रूपमा बढेका छन् । बहुमतकोे वाम सरकारले अब मुलुक एकजुट भएर अगाडि बढ्न लागेको सकारात्मक सन्देश दिन थालेको छ । यो सरकार विकासको अग्रणी, भ्रष्टचार विरोधी र सदाचारको अभियन्ता हुनेछ । उसले व्यक्त गरेका प्रतिबद्धता र दाबीलाई प्रमाणित गर्ने सुवर्ण अवसर प्राप्त भएको छ । किनकि स्थानीयदेखि केन्द्रीय तहसम्म सौहार्दपूर्ण वातावरण सिर्जना भइसकेकाले अबका ५ वर्ष ती कार्यलाई सिद्ध गर्ने महत्वपूर्ण समय हो । यस पटक भने खड्ग ओलीलाई प्रथम कार्यकाल जति चुनौती र अप्ठ्यारो अवस्था छैन । ओलीले यस अगाडि रोपेका ‘राष्ट्रवादी’ बाली पाकेको छ । बहुमतीय शासन अङ्गीकार गरेको हाम्रो जस्तो मुलुकमा बहुमतसम्म असम्भव हुने अड्कल गरिँदै आएकोमा ओली नेतृत्वले दुई तिहाईभन्दा बढी मत ल्याई सबैभन्दा ठूलो पार्टी बनेको छ ।

कठिन परिस्थितिमा नेपाललाई विकासको मूलधारमा आएको छ । जनताले बनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान मार्फत मुलुक अब समृद्धिको एक मात्र उद्देश्यमा अघि बढ्ने समय आएको छ । यस समृद्धिको यात्रामा दुई ठूला पार्टी एउटै नेपाल कम्युनिस्ट पार्टी भएर अघि बढेका छन् । यसले सुन्दर नेपाल निर्माणको सपना र ‘ड्रिम प्रोजेक्ट’को सफल कार्यान्वयन गरी सिद्ध गरून । यो अद्वितीय अवसर प्राप्त भएकोमा आम नेपालीले ‘जेट विमानका दुवै चालक’ माथि आशा, भरोसा राखेका छन् । 

    हरिवन न.पा.–१०, सर्लाही
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप