शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीको अमेरिका भ्रमण रोक्नुको कारण खोज्ने प्रदेश सरकारको तयारी

सोमबार, ०७ जेठ २०७५, १२ : ०९
सोमबार, ०७ जेठ २०७५

काठमाडौं– २ नम्बर प्रदेश सरकारले केन्द्र सरकारले मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत गर्नुको कारण माग्ने भएको छ । 

दुई नम्बर प्रदेशका अर्थमन्त्री विजय यादवले भ्रमण अस्वीकृत हुनुको कारण केन्द्र सरकारसँग माग्ने तयारी भइरहेको जानकारी दिए ।

 ‘के कारणले भ्रमण अस्वीकृत भयो ? त्यसका कारण हामी माग्छौ, जान्न चाहान्छौ’ रातोपाटीसँग टेलिफोनमा कुरा गर्दै मन्त्री यादवले भने,‘हामीलाई उपयुक्त कारण केन्द्र सरकारले दिनुपर्छ,किनभने केन्द्र सरकार अभिभावक हो, अभिभावकले चित्तबुझ्दो जवाफ दिनु कर्तव्य पनि हो ।’  

यहि मे २५–२६ मा अमेरिकाको न्युयोर्कमा हुन लागेको मधेसी एसोसिएशन इन अमेरिका(एमएए)को पहिलो साधारण सभाका लागि राउत अमेरिका जाँदै थिए । 

मुख्यमन्त्रीको भ्रमण केन्द्रले रोक्ने अपेक्षित थियो : मुख्यमन्त्रीका सल्लाहकार

तर, सोमबार बसेको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राउतको भ्रमण अस्वीकृत गर्यो । प्रदेशको आर्थिक वर्षको बजेट निर्माण तथा कार्यक्रमलगायतका संगठनात्मक पूर्ण कामहरु गर्नुपर्ने समय परेकाले सो प्रस्तावमा जान अनुपयुक्त देखिएको ठहर मन्त्रिपरिषद्ले गरेको सूचना प्रविधि तथा सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका थिए ।

अर्थमन्त्री यादवले मिडियामा समाचार आएकै भरमा भ्रमण नरोकिने संकेत पनि गरे । ‘मिडियामा आयो त्यसैका भरमा सवै कुरा विश्वास गर्ने कुरा पनि हुदैन । पहिला हामी हाम्रो सरकार र मन्त्रीहरुकाबीचमा छलफल गर्छौ, त्यसपछि हामी केन्द्र सरकारसँग कुरा गर्न जान्छौ’ मन्त्री यादवले भने । 

२ नम्वर प्रदेशका मुख्यमन्त्रीको अमेरिका भ्रमणमाथि केन्द्र सरकारको रोक

अहिलेपनि राजनीतिक संक्रमणकाल नै रहेकाले पर्याप्त कानुनहरु समेत बनिनसकेकाले समस्या भएको मन्त्री यादवले बताए । ‘सवै कानुन बनिसकेका छैनन्, कानुन एकै दिनमा बन्ने पनि होइनन्, यसले पनि केही समस्या भएको छ । तर, हामी केन्द्र सरकारलाई अभिभावक मान्छौ’ मन्त्री यादवको भनाई थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप