बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रेकअपका लागि अफर गरियो तीन लाख डलरः प्रेमिकाले भनिन्, ‘कम भो’

सोमबार, ०७ जेठ २०७५, ११ : ४०
सोमबार, ०७ जेठ २०७५

पुरुषहरु आफ्नी प्रेमिकालाई खुसी राख्नका लागि के मात्र गर्दैनन् । उनीहरुमाथि अत्यधिक पैसा खर्च गर्छन् । संसारभरीका मानिसबाट एकलाई रोज्नु, त्यो प्रेम नै हो । तर चीनमा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । यहाँका एक प्रेमीले ब्रेकअपका लागि प्रेमिकालाई भारी रकम अफर गरे जुन उनलाई पर्याप्त लागेन ।

बीबीसीका अनुसार चीनका एक पुरुषले आफ्नी प्रेमिकालाई लगभग तीन लाख डलर ब्रेकअप फीको रुपमा अफर गरे तर महिलाले त्यसलाई ‘कम भयो’ भनी अस्विकार गरिन् । ती पुरुष पैसा दिन एउटा बारमा गएका थिए । पैसाले भरिएको ब्याग बारमा आएकी प्रेमिकालाई छोडेर उनी त्यहाँबाट बाहिरिए । महिलाले पनि उक्त ब्रेकअप फीलाई त्यही छोडेर गइन् । बार बन्द गर्ने समयमा उक्त पैसा बारका कर्मचारीले भेटेपछि यो घटनाको पर्दाफास भएको हो ।

त्यसपछि थाहा भयो कि प्रेमिकासँग अलग्गिनका लागि यति भारी रकम दिने यी पुरुष २३ वर्षका आइटी प्रोफेशनल हुन् । उनका अनुसार प्रेमिकाले उनलाई लगभग ७ लाख ८७ हजार डलर ब्रेकअप फी माग गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप