शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृषकलाई हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण

सोमबार, ०७ जेठ २०७५, ११ : ००
सोमबार, ०७ जेठ २०७५


झापा -बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको छ । 

कृषिमा यान्त्रीकरण गर्दै उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्देश्यका साथ नगरपालिकाले कृषकलाई खेत जोत्ने हाते ट्र्याक्टर र मकै छोडाउने मेशिन वितरण गरेको हो । 

बिर्तामोड नगरपालिकाभित्रका आठवटा कृषक समूहलाई प्रतिसमूह एउटा हाते ट्र्याक्टर र २० वटा समूहलाई मकै छोडाउने मेशिन वितरण गरिएको नगर प्रमुख धु्रवकुमार शिवाकोटीले बताउनुभयो । 

हाते ट्र्याक्टर खरिदमा समूहको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशत अनुदान रहेको बिर्तामोड नगरपालिकाका कृषि अधिकृत राजेन्द्र कडरियाले बताउनुभयो । प्रतिहाते ट्र्याक्टर खरिदमा दुई लाख २५ हजार र मकै छोडाउने मेशिन रु १८ देखि २६ हजारसम्म लागतको रहेको छ । 

बिर्तामोड नगरपालिकाले आफ्नो योजनामा कृषिलाई मुख्य प्राथमिकता दिएकाले कृषकको सहुलियतका लागि कृषि सामग्री वितरण गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख सिवाकोटीको भनाइ छ । 

उहाँले कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले यस वर्ष रु एक करोड ५६ लाख विनियोजन गरेको जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप