शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ आमाबुवालाई शिशु स्वास्थ्यबारे हुन्छन् यी सात भ्रम, यस्तो छ वास्तविकता

सोमबार, ०७ जेठ २०७५, १० : २२
सोमबार, ०७ जेठ २०७५

हरेक आमा बुवाले आफ्नो शिशुको उत्कृष्ट हेरबिचार गरियोस् भन्ने चाहना राख्छन् । शिशुको स्वास्थ्यबारे अत्यधिक सचेत पनि हुन्छन् । यता परिवारका अन्य सदस्यद्वारा  शिशुको हेरबिचारमा वर्षौं पुरानो तरिका अपनाउन खोजिन्छ । जो व्यक्ति पहिलो पटक आमाबुवा बनेका छन्, उनीहरुले शिशुसम्बन्धि विभिन्न भ्रम पालेका हुन्छन् । मानिसहरुको विभिन्न टिप्पणीका कारण पनि यस्तो भ्रम पैदा हुने गर्दछ । यी भ्रमका कारण उनीहरु शिशुहरुको इशारा वा उनीहरुको स्वास्थ्यलाई बुझ्न सक्दैनन् जसका कारण गल्ती हुने गर्दछ । यस्तोमा हरेक आमाबुवाले शिशुबारे यी ९ भ्रम र यसको वास्तविकता बारे थाहा पाउन अत्यावश्यक छ ।

भ्रम एकः

नवजात शिशुलाई आजकालको मौसममा स्तनपानबाहेक पानी खुवाइराख्नु पर्छ । यसो गर्दा उनीहरुको ओठ मुख सुक्दैन ।

वास्तविकताः

शिशुका लागि स्तनपान एक सम्पूर्ण आहार हो । जन्मेदेखि ६ महिनासम्म शिशुलाई चाहिने सम्पूर्ण पोषण आमाको दुधबाट पाइन्छ । यसमा ८५ देखि ९० प्रतिशतसम्म पानी हुने गर्दछ । त्यसकारण शिशुलाई पानी दिन आवश्यक छैन । ६ महिनासम्म बच्चालाई आमाको दुधबाहेक अन्य कुनै पनि वस्तु खुवाउनबाट बच्नुहोस् ।

भ्रम दुईः

नवजात शिशु दुध पिउनेबित्तिकै पिसाब फेर्ने गर्छन्  । पिसाब फेरेलगत्तै उनीहरुलाई भोक लाग्छ त्यसकारण रोइरहन्छन् । त्यसैले हरेक आधा घण्टामा दुध पिलाउन आवश्यक छ ।

वास्तविकताः

दुध पिउनेबित्तिकै पिसाब फेर्नु एक सामान्य कुरा हो जसलाई ‘ग्यास्ट्रोलिक रिफ्लेक्स’ भनिन्छ । यसले बच्चालाई भोक लाग्दैन । बच्चा रुँदा भोक लागेको हो भनेर मात्र नबुझ्नुहोस् । हरेक आधा घण्टामा दुध पिलाउनु अनावश्यक हो । स्तनपानका लागि डेढदेखि दुई घण्टाको अन्तराल राख्नुहोस् । त्यसपछि शिशुलाई डकार लिन सहयोग गर्नुहोस् ।

भ्रम तीनः

शिशुलाई जन्डिस हुँदा आमाले बेसार खानुहुँदैन र पहेंलो कपडा लगाउनु हुँदैन । आमाले खानपिनमा अत्यधिक सावधानी अपनाउनुपर्छ ।

वास्तविकताः

जन्डिस धेरैजसो नवजात शिशुलाई लाग्ने गर्दछ । यसमा आमाले बेसार खान नहुने वा पहेंलो लगाउन नहुने भन्ने हुँदैन । वास्तवमा बच्चालाई चाँडो निको र रुष्ट पुष्ट बनाउन आमाले थप पौष्टिक आहार खानुपर्छ । जन्डिस धेरै भए बालरोग विशेषज्ञको सल्लाह अवश्य लिनुपर्छ ।

भ्रम चारः

गर्मी मौसममा बच्चालाई केरा, भारत, दही खुवाउँदा रुघा–खोकी वा निमोनिया हुनसक्छ ।

वास्तविकताः

रुघा–खोकी वा निमोनियाजस्तो रोग भाइरल वा ब्याक्टेरियल संक्रमणबाट हुन्छ । नेपाललगायत संसारका विभिन्न देशमा मानिसहरु वर्षैभरी भात खान्छन्, उनीहरु स्वस्थ नै रहन्छन् । त्यसकारण आफ्नो शिशुलाई पर्याप्त पौष्टिक तत्व खुवाउनुहोस् ।

भ्रम पाँचः

मौसम परिवर्तन हुँदा बच्चालाई नुहाउनु हुँदैन ।

वास्तविकताः

बच्चालाई रुघा खोकी संक्रमणका कारण नै लाग्ने गर्दछ जुन सफाईको कमी हुँदा अत्यधिक हुन्छ । नुहाउँदा र सफासुग्घर राख्दा बच्चा संक्रमितरहित र स्वस्थ रहन्छन् । त्यसकारण नुहाउन नरोक्नुहोस् ।

भ्रम ६ः

बच्चालाई रुघा, खोकी र ज्वरो आउँदा सूई लगाउनु हुँदैन ।

वास्तविकताः

यस्तो अवस्थामा सूई लगाउँदा कुनै हानी हुँदैन । कुनै गम्भीर रोग लागेको अवस्थामा मात्र स्वस्थ्यकर्मीको सल्लाहमा सूई लगाउने वा नलगाउने भन्नेबारे निर्णय लिनुहोस् ।

भ्रम ७ः

आमालाई रुघा खोकी लाग्दा शिशुलाई स्तनपान गराउनु हुँदैन ।

वास्तविकताः

आमाको संक्रमित सासले शिशुलाई संक्रमण हुनसक्छ तर दुधबाट होइन । त्यसकारण आमाले आफ्नो उपचार अवश्य गर्नुहोस् । बच्चालाई बोक्नु अघि साबुन पानीले हात धुनुहोस् । स्वस्थ नहुञ्जेल मास्क लगाएर आफ्नो नाक मुख ढाक्नुहोस् । तर स्तनपान गराउन नरोक्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप