शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लामो समयपछि श्रीमती हेमा मालिनीसँगै देखिए धर्मेन्द्र

सोमबार, ०७ जेठ २०७५, ०९ : २०
सोमबार, ०७ जेठ २०७५

लामो समयपछि धर्मेन्द्र र उनकी श्रीमती हेमा मालिनीलाई एकसाथ देखिएको छ । यो एक विशेष मौका थियो किनभने सार्वजनिक रुपमा दुबैलाई निकै कम देखिने गरिन्छ । उनीहरुलाई आइतबार मुम्बई एयरपोर्टमा सँगै देखिएको हो ।

पछिल्लो पटक यी दुईलाई निर्देशक अनिल शर्माको फिल्म ‘जिनियस’ को मुहुर्तमा देखिएको थियो । ८२ वर्षका धर्मेन्द्र अहिले पनि बलिउडमा एक्टिभ छन् । उनको अर्को फिल्म ‘यमला, पगला दिवाना फिर से’ यसै वर्ष रिलिज हुने तयारीमा छ ।

यता हेमा मालिनीलाई भने फिल्मका लागि कुनै अफर छैन । उनलाई अन्तिम पटक ‘एक था रानी ऐसी भी’ (सन् २०१७) मा देखिएको थियो । यद्यपी, उनी क्लासिकल डान्सको स्टेज शो गरिरहन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप