बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यो डाइट प्लानले पाँच दिनमा तीन किलो तौल घटाउन सकिन्छ, खानुपर्नेछ दुध–केरा

सोमबार, ०७ जेठ २०७५, ०८ : २९
सोमबार, ०७ जेठ २०७५

यहाँ आज हामी तपाईंलाई यस्तो डाइट प्लानबारे जानकारी दिँदैछौं जसमार्फत तपाईं पाँच दिनमा तीन किलो तौलसम्म घटाउन सक्नुहुनेछ । यो डाइट प्लान जर्ज हररोपले जोन्स हपकिन्स युनिभर्सिटीमा सन् १९३४ मा बनाएका थिए । सुरुमा यसलाई मधुमेह रोगीका लागि बनाइएको थियो तर यो छिटो तौल कम गर्नका लागि चर्चित भयो । यो स्टार्ट अप डाइट प्लान हो । अर्थात् यसलाई तोकिएको अवधिसम्म मात्र पालना गर्नुपर्छ । यसलाई तपाईं निरन्तरता दिन सक्नुहुन्न । यसलाई दुध र केरा डाइट प्लान पनि भनिन्छ ।

के भन्छन् विज्ञः

यो डाइट प्लानबारे जब आयुर्वेदिक विज्ञ र स्वास्थ्य क्षेत्रमा १० भन्दा बढि किताब लेखिसकेका डा. अबरार मुल्तानीसँग कुरा गर्दा उनले केरा र दुधमा सबै पौष्टिक तत्व हुने भएकाले यसले शरिरलाई तीनदेखि पाँच दिनसम्म मज्जाले चलाउन सक्ने जानकारी दिए ।

यो डाइटले शरिरलाई आवश्यक पौष्टिक तत्व त प्रदान गर्छ नै तर क्यालोरी हजारभन्दा कम पाइन्छ ( एउटा केरामा सय क्यालोरी र १ कप दुधमा ८० क्यालोरी) जसका कारण शरिरले तीब्र रुपमा आफूभित्र जमेको फ्याटलाई बर्न गर्न थाल्छ ।

केरामा फाइबर र पोटासियमको मात्रा अत्यधिक हुन्छ । यो खाँदा पेट भरिएको महसुस हुन्छ र चाँडै भोक लाग्दैन । यस्तै, दुधमा प्रोटिन र क्याल्सियमको मात्रा अत्यधिक हुने भएकाले शरिरलाई कमजोर हुनबाट जोगाउँछ ।

याद राख्नुपर्ने कुराः

महिलाले यो डाइट प्लानलाई महिनावारीका बेला अपनाउनु हुँदैन ।

साथै, यदि कसैलाई केरा वा दुधको एलर्जी छ भने पनि यसलाई फलो नगर्नुहोस् ।

ब्रेकफास्टः

दुईवटा पाकेको केरा र एक गिलास दुध । दुधबाट तर निकालिएको हुनुपर्छ । दुध मनतातो पिउनुहोस् ।

लञ्चः

ब्रेकफास्टजस्तै यसमा पनि दुईवटा पाकेको केरा र एक ग्लास तर निकालिएको दुध । यसमा चिनी हाल्नुहुँदैन ।

डिनरः

दुई पिस काँक्रो, दुईवटा गोलभेडा र दुई ठूलो चम्चा पनिरमाथि हल्का नुन छरेर खानुहोस् । यसका साथै, दुईवटा केरा र एक कप दुध पिउनुहोस् ।

राती सुत्नुअघिः

चिनी नहालिएको कालो चियो वा कफी पिउन सक्नुहुन्छ ।

परिवर्तनः

हरेक डाइटका लागि प्रत्येक शरिरले भिन्न तरिकाले रेस्पोन्स गर्छ । त्यसकारण यदि यो डाइट प्लान फलो गर्दा तपाईंलाई कमजोरी महसुस भए यसमा तपाईं परिवर्तन पनि गर्न सक्नुहुन्छ ।

तपाईं यसमा साग सब्जीको सुप, ओट्स र ह्वीट सेरेलक समावेश गर्न सक्नुहुन्छ । ड्राइफ्रुट र केही फलफूल पनि खान सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप