बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिपी प्रतिष्ठानमा सेवाग्राहीलाई सास्ती

सोमबार, ०७ जेठ २०७५, ०८ : १२
सोमबार, ०७ जेठ २०७५

इटहरी - बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ । 

पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीका अधिक गुनासो बढिरहेको पाइएको छ । विगत केही हप्तादेखि प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका कारणले सेवाग्राहीले आपत्कालीन जाँचको रिपोर्ट प्र्राप्त गर्न हप्तौँ कुर्नु परिरहेको छ भने सबै किसिमको ल्याब रिपोर्ट प्राप्त गर्न पनि प्रविधि प्रणालीमा आएको खराबीले धेरै हैरानी ब्यहोर्नु परेको सेवाग्राहीले गुनासो गरिरहेका छन् । 

दैनिक दुई हजारभन्दा बढी नयाँ सेवाग्राही अस्पतालमा स्वास्थ्य जाँचका लागि प्रतिष्ठान पुग्ने र सामान्य रगत जाँचदेखि मिर्गौलासम्बन्धी जाँचको रिपोर्ट लिन हप्ताँै कुर्नुपर्ने बाध्यात्मक अवस्थाले सेवाग्राही अधिक मर्कामा परिरहेको आफूहरुले पनि टुलुटुलु हेरिरहनु परेको सूचना अधिकृत सुजेन्द्र तामाङले स्वीकार गरे । उनले व्यवस्थापकीय कमजोरीले गर्दा त्यस्तो बेथिति मौलाएको हो भने । 

टाढा टाढाबाट उपचार सेवा लिन आएका सेवाग्राहीले हप्ताँै धाउनु पर्ने बाध्यात्मक अवस्थाले प्रतिष्ठानको चिकित्सकीय सेवाप्रति यो पछिल्लो व्यवस्थापन ज्यादै उदासिन देखिएको पाइएकोमा आम सेवाग्राहीले हैरानी ब्यहोर्नु परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप