शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्ष पछि यो द्वीपमा बच्चाको जन्मः आमा भन्छिन्, ‘गर्भवती भएको थाहै थिएन, एक्कासी छोरी जन्मँदा चकित छु’

सोमबार, ०७ जेठ २०७५, ०७ : ५०
सोमबार, ०७ जेठ २०७५

बीबीसी

ब्राजिलको एक सुदुर द्वीपमा १२ वर्षपछि बच्चाको जन्म भएको छ । उक्त द्वीपमा बच्चा जन्माउन प्रतिबन्ध लागु भएपनि नयाँ पाहुनाको आगमनमा उत्सव मनाइएको छ ।

ब्राजिलको नताल शहरबाट ३ सय ७० किलोमिटर टाढा फेर्नान्दो डि नोरोन्या द्वीपमा लगभग तीन हजार मानिस बसोबास गर्छन् ।

यो द्वीपको कुनै पनि अस्पतालमा प्रसुतीका वार्ड छैनन् । त्यसकारण जो महिला गर्भवती हुन्छन् उनीहरुलाई बच्चा जन्माउनका लागि मुख्य भू–भागमा जाने सल्लाह दिइन्छ ।

जुन महिलाले शनिबार बच्चा जन्माइन् उनी आफ्नो पहिचान सार्वजनिक गर्न चाहन्नन् ।

उनका अनुसार उनलाई आफू गर्भवती भएको थाहा थिएन । एक्कासी शिशुको जन्म हुँदा आफू ‘चकित’ भएको उनी बताउँछिन् ।

‘गर्भवती भएको थाहै थिएन’

ती महिलाको उमेर २२ वर्ष भएको अनुमान गरिन्छ । ग्लोबो वेबसाइटसँग महिलाले भनिन्, ‘शुक्रबार रातीदेखि मलाई पेट दुख्न सुरु भयो, म लगातार बाथरुम गइरहेको थिएँ । त्यतिबेला मलाई थाहा भयो कि पक्कै केही भइरहेको छ । वास्तवमा त्यो प्रसव पीडा थियो । मैले छोरीलाई जन्म दिएँ । उनलाई उनका पिताले आएर उठाए । म त चकित भएँ ।’

त्यसपछि शिशुलाई स्थानीय अस्पताल पुर्याइयो । स्थानीय प्रशासनले बयान जारी गरेर उक्त घटना पुष्टि गरेको हो ।

ओ ग्लोबलका अनुसार प्रशासनको तर्फबाट जारी गरिएको बयानमा लेखिएको छ, ‘यो प्रसव महिलाको घरमा नै भयो । उनी आफ्नो पहिचान सार्वजनिक गर्न चाहन्नन् । उनको परिवारको अनुसार उनलाई आफू गर्भवती भएको बारे जानकारी थिएन ।’

उत्सव मनाइँदैः

द्वीपमा यसरी बच्चा जन्मिएपछि उत्सव मनाइँदैछ । रिपोर्टका अनुसार त्यहाँका स्थानीयले परिवारकोृ मद्दत गरिरहेको छ ।

फेर्नान्दो डि नोरोन्यमा थुप्रै सुन्दर समुन्द्री तट छन् जुन संसारका उत्कृष्ट तटमा सुचिकृत छन् । यो द्वीप वन्यजन्तु संरक्षणका लागि पनि चर्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप